काठमाडौं । पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही अहिले बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा दिउँसो हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका क
काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीलाई झापाको दमकमा रोकेर पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन् । दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्रीमाथि दर्जन बढी संख्याका उनीहरूले आक्रमण गरेका हुन् । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् । कोशी नाम खारेज गर , पहिचान विराधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए ।मुख्यमन्त्रीमाथि आक्रमण भएपछि उनको सव
काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीलाई झापाको दमकमा रोकेर पहिचानवादीहरूले ढुंगामुढा गरेका हुन् । दमक नगरपालिकाद्वारा आयोजित लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका मुख्यमन्त्रीमाथि दर्जन बढी संख्याका उनीहरूले आक्रमण गरेका हुन् । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचानपक्ष धरले कालो झण्डा देखाउदै नारावाजी समेत गरेका छन् । कोशी नाम खारेज गर , पहिचान विराधी होसियार भन्दै पहिचानपक्षधरले नारा समेत लगाएका थिए ।मुख्यमन्त्रीमाथि आक्रमण भएपछि उनको सव
काठमाडौं । ललितपुरको झम्सीखेलमा प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ ।मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागुऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो।प्रहरीले गोली प्रहार गरेर एक जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा उदयपुरका अविनास राई रहेका छन् ।
काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको उपचारका लागि देशभरका ७१ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको छ । नियमित योगदानकर्ताले कोशी प्रदेशका १५, मधेश प्रदेशका १२, बागमतीका २८, गण्डकीका ८ र लुम्बिनी प्रदेशका ८ वटा गरी ७१ अस्पतालसँग सम्झौता भएको कोषका प्रवक्त रोहित रेग्मीले जानकारी दिए ।हालै सम्झौता भएको अस्पतालबाट योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सेवा लिँदा २० प्रतिशत मात्र खर्च ब्येहोर्नुपर्ने उनको भनाइ छ ।सम्झौता भएका अस्पतालहरु:कोशी प्रदेश१. मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल– बिर्तामोड, झापा२. बी एन्ड सी मेडिकल कल
काठमाडौँ । सहसचिव पदमा बढुवाका लागि तीन जना उपसचिवको नाम सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले कार्यक्षमताको मूल्याङ्कनद्वारा नेपाल लेखापरीक्षण र आर्थिक योजना तथा तथ्याङ्क सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।बढुवा समितिको सचिवालयले एक सूचना जारी गर्दै लेखापरीक्षणतर्फ दुई र आर्थिक योजना तथा तथ्याङ्कतर्फ एक गरी तीन जनाको नाम सिफारिस गरेको छ ।लेखापरीक्षणतर्फ बढुवा सिफारिस हुनेहरूमा घनश्याम काफ्ले र रामप्रसाद उपाध्याय रहेका छन् भने आर्थिक योजना तथा तथ्याङ्क सेवातर्फ महेश कुमार सुवेदी रहेका छन् ।
काठमाण्डौ । ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारास्थित ठाकुरबाबा मन्दिर परिसर भित्रबाट चोरी गरेको १ किलोग्राम तौल बराबरको ठूलो सालिग्राम १ थान, ३ सय ग्राम बराबरको सालिग्राम ३ थान र २ सय ५० ग्राम पितलको घोडा १ थानसहित सोही नगरपालिका–९ गोब्रेला बस्ने ३४ वर्षीय महेन्द्र बिकलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।उक्त मन्दिरमा चोरी भएको जानकारी प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट ठाकुरद्वाराबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा चोरी गरेका उक्त सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडाैँ । दूरसञ्चार सेवा प्रदायक एनसेलविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सांसद सिंहले रिट निवेदनमा एनसलेको ८० प्रतिशत सेयर होल्डर मलेसियन कम्पनी आजियाटाले टेलियासोनेरासँग किन्दा ६ वर्षअघि नै एक खर्ब ४३ अर्ब हालेको र ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्नुले सबैभन्दा ठूलो भ्रष्टाचारको संकेत गरेको जिकिर गरेका छन् ।गएको शुक्रबार दायर उक्त रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार र सोमबार दुबै दिन पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो । दुवै दिन हेर्न नभ्याइनेमा परेपछि सांसद सिंहको रिटको पेसी आजलाई स
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले तराईका केही स्थानहरूमा हुस्सु / कुहिरो लागेको छ।दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।राती पनि पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भाग
एजेन्शी । समाचार एजेन्सी पीटीआईले दिएको जानकारी अनुसार कांग्रेस सांसदका परिवारको स्वामित्वमा रहेको मदिरा बनाउने कारखानामा ३ अर्ब ५१ करोड नगद भेटिएको छ। आयकर विभागले छापा मारेर उक्त नगद जफत गरेको हो। यो कुनै पनि अनुसन्धान एजेन्सीद्वारा एकल अपरेसनमा बरामद भएको अहिलेसम्मकै उच्च रकम हो।उक्त रकम झारखण्डका कांग्रेस राज्यसभा सांसद धीरज साहुको परिवारको कम्पनीमा भेटिएको हाे । तर साहुले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।कर छली तथा अफ-द-बुक लेनदेनको आरोपमा उनको कारखानामा छापा मारिएको थियो। पाँच दिन अघिदेखि सो कारखानामा जाँच सुरु भएको थियो।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.