काठमाडौं — नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लोकतान्त्रिक नेताहरूको ऐतिहासिक योगदानमाथि आँच पुर्याउने प्रयास नगर्न चेतावनी दिएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले रास्वपालाई प्रचारमुखी पार्टीको संज्ञा दिँदै इतिहासप्रति सम्मान राख्न सुझाव दिए। “रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो। तिमीहरू लोकतान्त्रिक आन्दोलनको सानो फोका मात्रै हौ,” सांसद बजगाईंले भने, “इतिहासमाथि धब्बा लगाउनुअघि आफ्ना दागहरू सफा गर।”उनले रास्वपाले कांग्रेसमाथि गरेको आरोप र आलोचना हदभन्दा बाहिर गएको बताउँदै चेतावनी पनि दिए। “तपाईंहरू मूलतः कांग्रेसमाथि हद पार गरेर
काठमाडौं— काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट फरक फरक मितिमा चोरी भएका २० वटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) भेटिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार भेटिएका उक्त सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । सो कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ जीवनका लागि सन्तुलित खानपान, व्यायाम र आरामको सन्तुलन आवश्यक रहेको बताएका छन्। उनले चिकित्सकहरूलाई पनि अरुको उपचारसँगै आफ्नो स्वास्थ्यप्रति सचेत हुन सुझाव दिएका छन्।सोमबार भाटभटेनी समूहद्वारा ९ करोड ५० लाख रुपैयाँ लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अघिल्लो कार्यकालमै "निरोगी नेपाल" को नारा अघि सारेको स्मरण गराए।“निरोगी नेपालका दुई मुख्य पक्ष छन् — एक, बिरामी नै नपर्ने वातावरण बनाउने; र अर्को, बिरामी भए पनि शीघ्र उपचार हुने अवस्था सुनिश्चित गर्नु। अहिलेको अवस्थामा मान्छे निरोग
जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–४, जैइतपुरमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।नेपाल प्रहरीले गस्ती गर्ने क्रममा खुला चउरमा शंकास्पद वस्तु फेला पारेपछि सोलाई सकेट बमको आशंकामा सेनालाई खबर गरिएको थियो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार उक्त सकेट बम सुरक्षित रूपमा निष्क्रिय पारेको हो। घटनास्थलमा कुनै मानवीय क्षति भएको छैन।
काठमाडौँ – झापा र रुपन्देहीमा आइतबार राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा बसोबास गर्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा टेबल फ्यानको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मौर्यको
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको सुशासन आयोगको अवस्थाबारे प्रश्न उठाएका छन्।प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेनले सुशासनको नाममा सरकारकाे ढोल पिटिए पनि जनताले खोजिरहेको आयोग नै हराएको टिप्पणी गरे। अडियो सार्वजनिक भइसकेको अवस्थामा पनि सम्बन्धित मन्त्रीले राजीनामा नदिएकोप्रति उनले आपत्ति जनाए।“राजावादीलाई तह लगायौं भनेर उत्सव मनाउने तर जनतालाई लुट्न मिलेर ठूला दलहरू सरकार चलाउने? यस्तो व्यवहार स्वीकार्य हुँदैन,” लिङदेनले भने।भिजिट भिसा प्रकरणमा आफूहरूले संसदमार्फत निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै उनले यसलाई गलत अर्थ नलगाउन आग्रह गरे। साथै,
चितवन— चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु भएको छ।जोरकुशुम पार्क नजिक पौडी खेल्ने क्रममा आइतबार दिउँसो बालक असिम घर्तीलाई नदीले बगाएको थियो। उनी भरतपुर–१, आँपटारीमा बसोबास गर्दै आएकी गुल्मी घर भएकी मिरा घर्तीका छोरा हुन्।पानीमा बगाएर अशक्त भएका असिमलाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
काठमाडौं— विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेविसंघले गिरफ्तारीको विरोध गर्दै तत्काल पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गरेको छ।नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग ग
काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस ‘डिल’बारेको अडियोका विषयमा जानकारी लिन उनलाई बालुवाटार बोलाएका थिए।गुप्ताको ‘बिफ्रिङ’पछि उनलाई प्रधानमन्त्रीले राजीनामाको निर्देशन दिन सक्ने सम्भावना छ। छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।गुप्ताको अडियो बाहिर आएपछि कांग्रेस(एमालेबीचमा छलफल भएको छैन। नेताहरू पनि प्राय मौन छन्। तर कांग्रेसले भने यसबारे अनुसन्धान हुनुपर्ने माग गरिरहेको छ।‘अहिलेसम्म कांग्रेस एमालेबीचमा छलफल भएको छैन। अनुसन्धान गर्नुपर्छ। दोषी देखिए कारबाही हुनुपर्छ। अख्त
काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.