काठमाडौं । सुनसरीमा बढ्दो तनाव र सुरक्षा चुनौतीबीच गृहमन्त्री सुधन गुरुङ प्रत्यक्ष रूपमा अवस्था बुझ्न सुनसरी प्रस्थान गरेका छन्। प्रधानमन्त्री बालेन शाहसँगको छलफल र आवश्यक परामर्शपछि उनी घटनास्थलतर्फ लागेका हुन्।

प्रधानमन्त्री कार्यालयबाट बाहिरिएलगत्तै गृहमन्त्रीले स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायसँग समन्वय गर्दै प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने तयारी गरेका छन्। पछिल्ला घटनाक्रमपछि सुरक्षा अवस्था, शान्ति–व्यवस्था र सरकारी संयन्त्रको परिचालनलाई प्रभावकारी बनाउने उद्देश्यले उनको भ्रमण तय गरिएको जनाइएको छ।

सरकारले सुनसरीको अवस्थालाई गम्भीर रूपमा लिँदै सुरक्षा व्यवस्थापन, प्रभावित पक्षसँग भेटघाट तथा आवश्यक निर्णयका लागि गृहमन्त्रीलाई घटनास्थल पठाएको जनाएको छ।