काठमाडौं । दक्षिणकाली नगरपालिका–५, फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित दुई युवक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको कार जाँच गर्ने क्रममा प्रहरीले ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुल बरामद गरेको हो।पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, कोयरियाका २७ वर्षीय सुदिप पटेल र पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन्।प्रहरीले उनीहरूलाई बरामद औषधिसहित नियन्त्रणमा लिएको जनाएको छ। चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने यति ठूलो परिमाणको औषधि कहाँबाट ल्य
झापा । झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक जना होटल सञ्चालक पक्राउ परेका छन्।पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६, वधशालामा होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बू रहेका छन्।प्रहरीका अनुसार लिम्बूसँग हतियार रहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले उनको कोठामा खानतलासी गर्ने क्रममा सुत्ने खाटमुनि लुकाइछिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल फेला पारेको जनाएको छ।बरामद हतियारसहित लिम्बूमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफमाथि भारतको मुम्बईस्थित जुहूको पुष्पा पार्कमा गोली प्रहार भएको खबर सार्वजनिक भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा सवार तीन जना अज्ञात व्यक्तिले श्राफमाथि गोली चलाएका हुन्। घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न सकेको छैन। गोली प्रहार गर्नुको कारणसमेत हालसम्म स्पष्ट भएको छैन।भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार घटनापछि प्रहरीले टाइगर श्राफलाई गोली नलागेको र उनी सुरक्षित रहेको पुष्टि गरेको छ। मुम्बई प्रहरीका डीसीपी मोहित गर्गले घटना जुहु प्रहरीको क्षेत्राधिकारभित्र भएको बताएका छन्।घटनामा कसले र किन गोली चलाएको भन्ने विषयमा प्रहरीले विस्तृत जानका
एजेन्शी । गुवाहाटी +असमका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माको नक्कली तथा रूपान्तरित तस्बिर सामाजिक सञ्जालमा प्रसार गरिएको भन्दै मुख्यमन्त्रीको कार्यालयले गम्भीर आपत्ति जनाएको छ। उक्त तस्बिर कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रयोग गरी तयार पारिएको र सर्वसाधारणलाई भ्रमित गर्ने उद्देश्यले फैलाइएको आरोप लगाइएको छ।मुख्यमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको नक्कली तस्बिरलाई योजनाबद्ध रूपमा प्रसार गरिएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। कार्यालयका अनुसार उक्त तस्बिरको वास्तविकतासँग कुनै सम्बन्ध छैन।मुख्यमन्त्रीको कार्यालयले तस्बिर तयार पार्ने
देवेन्द्र किशोर ढुङगाना । मानव सभ्यताको विकाससँगै मानिसको औसत आयु बढ्दै गएको छ। चिकित्सा विज्ञानको प्रगति, पोषणमा सुधार, सार्वजनिक स्वास्थ्य सेवाको विस्तार र जीवनशैलीमा आएको परिवर्तनले मानिसलाई पहिलेभन्दा लामो समय बाँच्ने अवसर दिएको छ। तर दीर्घ जीवन आफैंमा मानव प्रगतिको पूर्ण प्रमाण हो त? यदि लामो आयुसँगै गरिबी, विभेद, हिंसा, एक्लोपन, निर्भरता, असमानता र निर्णय प्रक्रियाबाट बहिष्करण पनि बढ्दै जान्छ भने त्यस्तो दीर्घ जीवनलाई हामी कसरी प्रगतिका रूपमा परिभाषित गर्ने? यही गम्भीर प्रश्नले सन २०२६को अक्टोबरलाई ज्येष्ठ नागरिकको मानव अधिकारका दृष्टिले विशेष अर्थ दिएको छ।अक्टोबर एक तारिखमा
गुवाहाटी । असमको चिया उद्योग बाढीपीडितको राहतका लागि एकजुट भएको छ। चिया उद्योगसँग सम्बन्धित उत्पादक, खरिदकर्ता, दलाल तथा गोदाम सञ्चालकहरूको सहभागितामा आयोजित विशेष परोपकारी चिया लिलामीबाट करिब दुई करोड २६ लाख रुपैयाँ संकलन भएको छ।गुवाहाटी चिया लिलामी केन्द्रमा आयोजित विशेष लिलामीबाट एक करोड ६१ लाख रुपैयाँ संकलन भएको हो। यसबाहेक व्यवसायी हेमन्त बाङ्गुरले ६५ लाख रुपैयाँ सहयोग गरेका छन्। संकलित रकम असमका मुख्यमन्त्री राहत कोषमा जम्मा गरिनेछ।चिया एसोसिएसन अफ इन्डियाको आयोजनामा सोमबार भएको उक्त परोपकारी लिलामीमा असमका मुख्यमन्त्री हिमन्त विश्व शर्मा स्वयं सहभागी भएका थिए। उनले १२ वटा विशेष चिया समू
देवेन्द्र के ढुङगाना । बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन गर्दैगर्दा नेपाली राजनीति एउटा असहज ऐतिहासिक मोडमा उभिएको छ। कांग्रेसको महाधिवेशन सामान्यतः नेतृत्व चयन, नीति निर्माण र संगठन पुनर्संरचनाको लोकतान्त्रिक अभ्यास हुनुपर्ने हो। तर यसपटकको महाधिवेशनको सबैभन्दा ठूलो विशेषता यही हो— कांग्रेस एक छैन।निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसले महाधिवेशनमार्फत नयाँ नेतृत्व, नीति र पुस्तान्तरणको सन्देश दिन खोजिरहेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेको छ। कानुनी वैधताको प्रश्नले राजनीतिक विवादला
सुनिता साह ‘क्रान्ति’ । देश एउटै हो। संविधान एउटै हो। कानुन एउटै हो। अदालत एउटै हो। तर नागरिकले राज्यको कानुन र विकासको व्यवहार अनुभव गर्ने ठाउँमा पुगेपछि प्रश्न उठ्छ—के सबै भूगोलका लागि राज्यको मापदण्ड पनि एउटै छ? वीरगञ्जको मुख्य सडक विस्तारसँगै आज यही प्रश्न फेरि सतहमा आएको छ।हेटौँडामा एउटा मापदण्ड, वीरगञ्जमा अर्को र काठमाडौं उपत्यकाका विभिन्न सडकखण्डमा अर्को व्यवहार देखिनु आफैँमा कानुनी असमानताको प्रमाण हो भन्न हतार हुन्छ। तर किन फरक मापदण्ड अपनाइयो, त्यसको आधार के हो र एउटै प्रकृतिका घना सहरी क्षेत्रमा राज्यको निर्णय किन फरक देखिन्छ? यी प्रश्नको सार्वजनिक र पारदर्शी जवाफ भने रा
झापा । नेपाल मार्ट व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन राजधानी काठमाडौंको सुकेधारास्थित क्विन्स प्यालेसमा सम्पन्न भएको छ । संघको साधारण सभामा अधिवेशनमा नेपाल वितरक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (बागमती प्रदेश) का उपाध्यक्ष प्रेमहरि मैनाली प्रमुख अतिथिका रूपमा रहेका थियो, भने विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु र नेपाल मार्ट व्यवसायी संघको कार्य समितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।अधिवेशनले संघको नयाँ केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । नयाँ केन्द्रीय कार्य समितिको अध्यक्षमा भुपेन्द्र विष्ट चयन भएका छन् । त्यस्तै, सं
सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज–साहेबगञ्जमा रातिको समयमा शंकास्पद रूपमा मालसामान ओसारपसार भइरहेको देखिने भिडियो सार्वजनिक भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।स्थानीय स्रोतबाट प्राप्त भनिएको भिडियोमा राति करिब १ बजेको समयमा इलाका प्रहरी कार्यालय साहेबगञ्जको गेटनजिकैबाट मालसामान ओसारपसार भइरहेको देखिन्छ। स्थानीयस्तरमा भने उक्त गतिविधि तस्करीसँग सम्बन्धित रहेको भनिएको छ। सीमावर्ती क्षेत्रमा रातिको समयमा हुने यस्ता गतिविधिले सुरक्षा चुनौती र निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ। उनीहरूले सीमा क्षेत्रमा हुने आवतजावत तथा मालसामान ओसारपसारमा थप
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.