झापा । नेपाल मार्ट व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन राजधानी काठमाडौंको सुकेधारास्थित क्विन्स प्यालेसमा सम्पन्न भएको छ । संघको साधारण सभामा अधिवेशनमा नेपाल वितरक संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (बागमती प्रदेश) का उपाध्यक्ष प्रेमहरि मैनाली प्रमुख अतिथिका रूपमा रहेका थियो, भने विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु र नेपाल मार्ट व्यवसायी संघको कार्य समितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।अधिवेशनले संघको नयाँ केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । नयाँ केन्द्रीय कार्य समितिको अध्यक्षमा भुपेन्द्र विष्ट चयन भएका छन् । त्यस्तै, सं
सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज–साहेबगञ्जमा रातिको समयमा शंकास्पद रूपमा मालसामान ओसारपसार भइरहेको देखिने भिडियो सार्वजनिक भएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ।स्थानीय स्रोतबाट प्राप्त भनिएको भिडियोमा राति करिब १ बजेको समयमा इलाका प्रहरी कार्यालय साहेबगञ्जको गेटनजिकैबाट मालसामान ओसारपसार भइरहेको देखिन्छ। स्थानीयस्तरमा भने उक्त गतिविधि तस्करीसँग सम्बन्धित रहेको भनिएको छ। सीमावर्ती क्षेत्रमा रातिको समयमा हुने यस्ता गतिविधिले सुरक्षा चुनौती र निगरानीको प्रभावकारितामाथि प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ। उनीहरूले सीमा क्षेत्रमा हुने आवतजावत तथा मालसामान ओसारपसारमा थप
सर्लाही । सर्लाहीको लालबन्दीमा समाजसेवी सन्तोष दाहालले अपाङ्गता भएका नागरिकलाई ह्विलचेयर सहयोग गरेकाछन।दैनिक आवतजावत तथा हिँडडुलमा समस्या भोगिरहेका अपाङ्गता भएका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले दाहालले ह्विलचेयर सहयोग गरेका हुन।ह्विलचेयर प्राप्त भएपछि लाभग्राही नागरिकले आफूहरूको दैनिक जीवनमा सहजता थपिएको भन्दै सहयोगका लागि समाजसेवी दाहालप्रति आभार व्यक्त गरेका छन्।सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपन्न तथा आवश्यकता भएका नागरिकलाई निरन्तर सहयोग गर्दै आएको दाहालको भनाइ छ। उनले समाजमा सहयोगको आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरी आगामी दिनमा पनि सक्दो सहयोगलाई निरन्तरता द
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन् ।प्रतिनिधिसभाको बैठकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् । लामिछानेले सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री शाह पनि संसद् बैठकमा प्रवेश गरेका हुन् ।प्रधानमन्त्री शाहको संसद् उपस्थितिलाई चासोका साथ हेरिएको छ । लामिछानेको सम्बोधनका क्रममा शाह संसद् बैठकमा पुगेपछि राजनीतिक वृत्तमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।लामिछानेले आफ्नो सम्बोधनमार्फत समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा धारणा राखिरहेका छन् ।
काठमाडौं / रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै, बाढीमा परेका ९ हजार १५१ जना घाइतेहरुको उद्धार गरिएको छ । प्रहरीले हालसम्म १ हजार ३७ जनाको शव व्यवस्थान गरेको जनाएको छ ।
सुर्खेत / रसुवा लगायतका जिल्लामा आएको बाढी तथा पहिरोका कारण कर्णाली प्रदेशका अझै १६८ जना सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ।कर्णाली प्रदेश प्रहरी प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार बाढी पहिरोपछि कर्णालीका विभिन्न जिल्लाबाट २४८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएकोमा हालसम्म ७८ जना सम्पर्कमा आएका छन्। सम्पर्कविहीनमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सल्यानको बागचौर नगरपालिका–१० पिपल नेटाका २० वर्षीय आयुष खड्काको मृत्यु भएको छ। यस्तै, हुम्लाको ताजा कोट गाउँपालिका–२ का नहकुल शर्माको पनि बाढीका कारण मृत्यु भएको प्रहरीले जनाएको छ। शर्मा रसुवा भन्सार
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर जानुभएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किनुभएको हो । तिलिजालाई परिवारले जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो । उहाँको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उहाँबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उहाँको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मण
काठमाडौं, भदौ २१ । आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हिमाली तथा पहाडी भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भू-भागका केही स्थान तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । मधेश प्रदेशका थोरै स्थानमा पनि व
लमजुङ। बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि उहाँहरू काममै हुनुहुन्छ भन्ने ठानेको थियो । तर यही जेठ १० गते बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।”त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुनुहुन्छ । उहाँहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत हुनुहुन्थ्यो । राधिका खाना पकाउने काम गर्नुहुन्थ्यो भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिनुहुन्थ्यो । बाढी आएको
रसुवा। नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् ।सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ । बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिए
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.