खेलकुद

    Showing १-१० of १,६४७ items.
  • एनभीएलमा काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सलाई सफलता

    काठमाडौं / काठमाडौं रेड्स र सगरमाथा स्म्यासर्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग(एनभीएल)मा  जित हात पारेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धात्मक खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले पराजित गर्यो । आफ्नो पहिलो खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले विजयी भयो । दुई खेलमा मधेशको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा मधेश सगरमाथा स्म्यासर्ससंग २५–२१, २५–२१, २३–२५ र २५–२१ ले चुकेको थियो । काठमाडौं रेड्सका अहमद मुस्ताफा खान ‘म्यान अफ द म्याच’ घोषित भए ।अर्को खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई ३–० को सोझो स

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २८६ पटक पढिएको
  • नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

    काठमाडौँ। अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्यूजिल्यान्ड ‘ए’ विरुद्ध खेल्दैछ । डार्विनको मरारामा भइरहेको खेलमा नेपालले ‘टस’ जितेर ‘ब्याटिङ’ रोजेको छ । नेपाल अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ । नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार हार व्यहोरेको थियो । नेपालले तास्मिनियाविरुद्ध दुई विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो । आजको खेलमा नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा मौका दिएको छ ।  चोटका कारण टोलीका प्रमुख ब्याटर कुशल भुर्तेल न्

    • प्रकाशित मितिः भदौ २१, २०८३
    • २६७ पटक पढिएको
  • अष्ट्रेलिया भ्रमणमा नेपालको ब्याटिङ किन चल्न सकेन ?

    काठमाडौँ। नेपाल ‘ए’ क्रिकेट टोली हाल अष्ट्रेलिया भ्रमणमा छ । टोलीले टप एन्ड टी–२० सिरिज सकाएर अहिले एकदिवसीय खेल खेलिरहेको छ ।नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलामा पनि आफ्नो खराब ब्याटिङ जारी राखेको छ । नेपालले पहिलो खेलमा अष्ट्रेलियाको घरेलु टोली तास्मिनियाविरुद्ध खेलेको थियो । उक्त खेलमा पहिला ब्याटिङ गरेको नेपाल ४३.३ ओभरमा १९२ रनमै अलआउट भयो ।तास्मिनियाविरुद्ध नेपालका कुनै पनि अर्धशतकीय पारी खेल्न सकेनन् । त्यस खेलमा नेपाल २ विकेटले पराजित भयो । नेपालले दोस्रो खेलमा झन खराब ब्याटिङ ग¥यो ।शुक्रबार दक्षिण अष्ट्रेलियाविरुद्धको उक्त खेलमा २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.१ ओभरमा १२१ रनमै समेटियो । द

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ३०९ पटक पढिएको
  • कराते टोलीको गरियो बिदाइ (तस्विरहरू)

    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् ।शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीहरूले एसियाली खेलकुदमा सहभागी हुन जापान प्रस्थान गर्न लागेको कराते टोलीलाई बिदाइ गरेका हुन्।

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १६० पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा

    ताप्लेजुङ /अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । शुक्रबार साविक विजेतासमेत रहेको सिराहाको सलहेस युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब उपाधिका लागी प्रसतस्प्रर्धा हुनेछ । आयोजक लाखेजात्रा सञ्चालन समितिका अनुसार फाइनल खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिताको फाइनलमा पुगेका सलहेस युवा क्लब र फिदिम फिदिम स्पोर्टिङ क्लबबिच उपाधि भिडन्त हुने आयोजक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिङ्पोङलाई २–० गोलअन्तरले हराएर सलहेस युव क्लब फाइनलमा पुगेको हो । यस्तै सेमिफाइनलमा झापा ११ फ

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • ३९४ पटक पढिएको
  • कीर्तिमानी रकम खर्चेर म्यानचेस्टर सिटीले भित्र्यायो एन्जो फर्नान्डेज

    काठमाडौं / म्यानचेस्टर सिटीले प्रिमियर लिग इतिहासकै कीर्तिमानी १२५ मिलियन पाउन्ड खर्च गर्दै अर्जेन्टिनी मिडफिल्डर एन्जो फर्नान्डेजलाई अनुबन्ध गरेको छ। क्लबले मंगलबार फर्नान्डेजसँग सन् २०३१ सम्मका लागि सम्झौता भएको औपचारिक घोषणा गरेको हो। २५ वर्षीय फर्नान्डेज चेल्सीबाट सिटी पुगेका हुन्। ईएसपीएनका अनुसार उनको ट्रान्सफर शुल्क १२५ मिलियन पाउन्ड रहेको छ, जुन प्रिमियर लिग इतिहासकै सबैभन्दा महँगो सम्झौतामध्ये एक हो। मेडिकल परीक्षण पूरा गरेपछि उनी आधिकारिक रूपमा सिटीमा आबद्ध भएका हुन्।फर्नान्डेजले चेल्सीमा रहँदा युइएफए कन्फरेन्स लिग र फिफा क्लब विश्वकप जितेका थिए। त्यसअघि उनले अर्जेन्टिनाको रिभर

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २७६ पटक पढिएको
  • यूएफसी फाइनलमा पुगेका रवीन्द्रको अपिल - ‘नेपाल गाह्रो अवस्थामा छ, आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ’

    काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँटले ठूलो खेल सफलता हात पारेको दिन देशमा बाढीको विपत्ति झेलिरहेका नागरिकलाई सम्झिएका छन् । रोड टु युएफसीको फाइनलमा प्रवेश गरेपछि ढाँटले नेपाल अहिले कठिन अवस्थामा रहेकाले सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।शुक्रबार सेमिफाइनल जितेपछि प्रतिक्रिया दिँदै ढाँटले बाढीका कारण नेपालमा निकै गाह्रो अवस्था रहेको बताए । उनले व्यक्तिगत रूपमा मात्रै नभई सबैले आफ्नो क्षमता र ठाउँअनुसार विपत्तिमा परेकालाई सहयोग गर्नुपर्ने बताएका हुन् ।‘अहिले नेपालमा धेरै नै गाह्रो अवस्था भइरहेको छ, बाढीका कारण । कृपया आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहोला,’ उनले भने ।ढाँटल

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३६ पटक पढिएको
  • पिकलबल विश्वकप खेल्न नेपाली टोली भियतनाम प्रस्थान

    काठमाडौं / पिकलबल विश्वकपको तेस्रो संस्करणमा सहभागिता जनाउन १८ सदस्यीय नेपाली राष्ट्रिय पिकलबल टोली बिहीबार भियतनाम प्रस्थान गरेको छ । टोलीले विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय पिकलबल मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ । नेपाली टोलीलाई पिकलबल एसोसियसन नेपालका उपाध्यक्ष टिका भण्डारी लगायत पदाधिकारी तथा शुभेच्छुकहरूले विदाई गरेका थिए । विदाईका क्रममा टोलीलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम र झण्डा उचो राख्न खेलाडीहरूलाई हौसला प्रदान गरिएको थियो।भियतनाममा आयोजना हुने यस प्रतियोगिता पिकलबल विश्वकपको तेस्रो संस्करण हो । विश्वका विभि

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ३०६ पटक पढिएको
  • टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा

    काठमाडौँ। अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको खेल आज अपराह्न ३ः१५ बजेदेखि डार्विनस्थित मारारा क्रिकेट मैदानमा सुरु हुनेछ ।नेपाली टोली दोस्रो जितको खोजीमा छ । नेपालले पछिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रनको जित निकालेको थियो । पहिलो र दोस्रो खेलमा भने नेपालले क्रमशः नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो । यसैगरी एसिटीको टोली पहिलो जितको खोजीमा छ ।उसले तीन खेल खेल्दा सबैमा हार व्यहोरेको छ । सेमिफाइनल स

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • ३४३ पटक पढिएको
  • डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि

    काठमाडौं । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ ।राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । दशरथ रङ्गशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स एस्पोट्र्सले उपाधि हात पारेको हो ।विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिम विक्

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २१९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.