झापा । झापाको भद्रपुरबाट कटुवा पेस्तोलसहित एक जना होटल सञ्चालक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६, वधशालामा होटल सञ्चालन गर्दै आएका ४४ वर्षीय मनकुमार लिम्बू रहेका छन्।

प्रहरीका अनुसार लिम्बूसँग हतियार रहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी टोली खटिएको थियो। प्रहरीले उनको कोठामा खानतलासी गर्ने क्रममा सुत्ने खाटमुनि लुकाइछिपाइ राखेको अवस्थामा कटुवा पेस्तोल फेला पारेको जनाएको छ।

बरामद हतियारसहित लिम्बूमाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।