बिर्तामोड / सुनसरीको दुहबी नगरपालिका - ५ बुढीपुल स्थित कोशी राजमार्गमा लहरीको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका - २० बस्ने ५८ वर्षीया कृष्ण कुमारी खवास रहेकी छन् । शुक्रबार दिनको ३ बजे उनकै श्रीमान ६६ वर्षीय मछिन्द्र खवासले चलाएको को २८ प ८५४४ नम्बरको मोटरसाइकलको पछाडि बसी जादै गर्दा विपरित दिशाबाट आएको यु पी ५७ ए टी ३८३७ नम्बरको भारतीय लहरीले ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक उनका श्रीमान सामान्य रहेका छन् । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरी टोलीले लहरी र लहरी चालक भारत कुशीनगर जिल्ला बस्ने ४५ वर्षीय मन्नु यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।