बिर्तामोड / दाँत- हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । त्यो अंग हाम्रो जीवनमा एकचोटी मात्र परिवर्तन हुन्छ। मानिसको शरीरलाई आवश्यक पर्ने पोषणतत्व पूर्ण बनाउन यसको आवश्यकता पर्छ। शरीरलाई जीवित राख्न खाने कुरा चाहिन्छ र त्यो खानेकुरा लाई चपाउने काम दाँतको हो। तर, मानिसले आफ्नो दाँतलाई आफ्नो शरीरको अभिन्न अंगको रुपमा कहिले लिएका छैनन्। यो विडम्बना हो । यसै सन्दर्भमा हाम्रा सञ्चारकर्मी अनु पौडेलले डेन्टल सर्जन डा. प्रज्वल पौडेलसँग दाँतको सुरक्षा, उपचारका विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

नेपालमा दन्त सुरक्षाको बारेमा नागरिक चेतना कस्तो छ ?

OM Sai Pathibhara Hospital

मानिस अबुझ भएर भनौँ कि उपचार खर्च अलि कम भएर । पश्चिमी र युरोपियन मुलुक तिर त्यस्तो दाँतलाई हेलचेक्र्याइँ गर्ने चलन छैन । किनकी उनीहरूले दाँतमा समस्या आयो भने लाखौ खर्च गर्नु पर्छ। हामीलाई सजिलो छ । नेपालमा थोरै खर्चमा उपचार हुने र दाँत निकालेर फाल्दैमा नदुख्ने र नदुख्नु नै समस्या को हाल भएको हामी ठान्दछौ  

औलामा चोट लाग्यो भने त्यसलाई ठिक गर्ने हो की काटेर फ्याल्ने ? हामी बचाउँछौ किनकी त्यसो गरिएन भने भोली ठुलो रोग लाग्ला र मरिएला भन्ने डर हुन्छ । के जुन कुराले मान्छे मार्न सक्छ त्यसको मात्र उपचार गराउने ? जुन दिन देखि मान्छे बुझ्न थाल्ने छन् तब देखि यो क्षेत्रमा सुधार आउने नै छ ।

के डेन्टिस्ट दन्त रोग विशेषज्ञ मात्र हो र ?

मानिसहरूलाई सबै भन्दा ठूलो भ्रम नै यहाँ छ डेन्टिस्ट भनेर दाँतको उपचार मात्र भनेर बुज्छौ। तर डेन्टल सर्जन को ५.५ बर्षे कोर्स अफ स्टडी सकिए पछि एम.डी (विशेषज्ञ) कोर्ष पनि यस विधा भित्र पर्दछ ।

तपाईँको निधारको आँखीभौँ, अनुहार को बाहिरी छाला , भित्री हड्डी , दाँत , गिजा , चिउडो को सबै हड्डी , जिब्रो र र्याल अथवा थुक निस्कने अङ्गका विशेषज्ञ लाई डेन्टिस्ट भनिन्छ ।

कतै एक्सिडेन्ट भएर आँखा गुमे,  कान काटिए,  नाक काटिएमा यसको हुबहु कृतिम बनाउने देखि एक्सिडेन्टमा परि अनुहारको हड्डी फुटेमा त्यसको कम्प्लेक्स सर्जरी गर्ने पनि डेन्टिस्ट नै हो। डेन्टिस्ट भित्रपनि एमडी गरेका छुट्टा छुट्टै विशेषज्ञ हुन्छन् । डेन्टल साइन्स तपाईले बुझे भन्दा धेरै नै जटिल बिषय हो ।

आज हामी के को बिषयमा कुरा गर्दै छौ त ?

आज गाउँघर तिर एउटा प्रसिद्ध रोग छ नी, दाँतबाट रगत आउने अथवा सबैले बुझ्ने जानेको भाषा पाईरिया त्यसमै केन्द्रित भएर कुरा गरौं होला ।

पाईरिया भनेको के हो ??

कसैको गिजाबाट रगत आउछ भने त्यसलाई हामी पाईरिया भनेर सिधा अर्थमा बुझ्न सक्छौ। तर मैले रगत आउने भनि रहदा ,रगत लगातार आउने अथवा नरोक्किने भन्ने पटक्कै हैन। यदि कसैको रगत रोकिएन भने चाहिँ यसको बिभिन्न अरु कारण पनि हुने गर्छ ।

पाईरिया के कारण ले गर्दा हुन्छ ? के यसको उपचार सम्भब छ ?

हाम्रो गिजा र दाँत टासिएर कहिले पनि बसेको हुदैन , यि दुई बिचमा थोरै ग्याप हुन्छ यो दाँतको अगाडि अथवा पछाडि को भाग हो । त्यसैगरि हामीले हाम्रा दाँतहरुलाई नियालेर हेर्दा मिलेर बसेको देखिन्छ तर दुई दाँत हरुको बिचमा पनि खाली भाग हुन्छ 

हामी सघै खाना खाने गर्छौ । खाना खाईसकेपछि के हामी सबैजानाले मुख कुल्ला गर्छौ अथबा खाना खाईसकेपछि ब्रस गर्छौ ? गर्दैनौ है? यदि गर्छौ भने पनि यो गर्नेको संख्या नगर्नेको भन्दा एकदमै थोरै छ। हामीले यसरी दाँतलाई सफा गर्न छुटायौ भने दाँतको ओरिपरि एक बाक्लो पदार्थ जमेको महसुस गर्न सक्छौ जसलाई अंग्रेजिमा डेन्टल प्लागभनिन्छ। यो नै गिजामा हुने ईनफेक्सनको जड हो । यो डेन्टल प्लेगजम्दै गएर दन्त ढुंगा बन्दछ ।

पाईरिया चहि डेन्टल प्लागबन्न थाले देखि नै देखिन थाल्छ । दन्त ढुंगा जसलाई डेन्टल क्यालकुलसपनि भनिन्छ । त्यो बनियो भने गिजा मात्र हैन बिस्तारि दाँतको ओरिपरि रहेको हड्डीमा पनि ईनफेक्सन गरि हड्डी खाएर दाँत हल्लीले अवस्था सम्म पुग्न सक्छ ।

के पाईरिया पूर्णरुपमा निको हुन्छ ?

अवश्य पनि निको हुन्छ । दाँत तथा गिजा को सफाई गरेर डाक्टर ले भने बमोजिमको औषधी खाएर मुख कुल्ला गर्ने गरेमा यो पूर्णरुपमा निको हुन्छ ।

दाँत सफा गर्दा दाँत हल्लिने र सिरिंग सिरिगं गर्छ भन्ने कुरा गाउँ घर तिर धेरै सुनिन्छ नी ? यसको बारेमा केहि प्रष्ट पार्दिनु हुन्छ की ?

दाँत साफा गर्नु पर्छ भनेर यदि डाक्टरले भनिरहेको छन् भने हामीले हाम्रो दाँत के कारणले सफा गर्नु पर्ने अवस्थामा पुग्यो यो कुरा बुझ्नु जरुरी छ । सामान्यतय दाँत फोहोर हुन शुरु हुदैँ र गिजामा ईन्फेक्सन देखिन साथ दाँत सफा गर्ने । यसो गर्दा दाँत हल्लिने र सिरिंग सिरिंग हुने क्रम हुँदैन ।

फोहोर जमेर दन्त ढुंगा बनिसकेको र गिजामा ईन्फेक्सन धेरै भईसकेको अवस्थामा सफा गर्ने - अलि अलि दुखाई हुन सक्छ र दाँत सम्बेदनशील पनि हुन सक्छ । तर, यदि यो हुन्छ भनेर सफा गरिएन भने तपाईंको दाँत हल्लिने , कसैको फुस्किने, गिजाको ओरिपरि पिप जम्मा भएर ठुलो ईन्फेक्सन हुने सम्म हुन्छ । त्यसैले अंग्रेजीमा एउटा बाक्य छ नी – “प्रिभेन्सन इज बेटर देन क्युर। रोग हुनु र ठिक पार्छु भनेर आफ्नो स्वास्थलाई जटिलता तिर लग्नु भन्दा , रोग लाग्न नदिनु वा लाग्न सुरु भयो जस्तो महसुस हुदै ठिक गर्नु नै राम्रो विकल्प हो ।

जसको जरा तथा हड्डी पनि खाएर हल्लीसकेको अवस्था छ । तर, यो के कारणले भयो भन्दा तपाईँको आफ्नै हेलचेक्र्याइँले भएको हुन्छ । यो बेला दाँत हल्ली सकेको हुन्छ र एउटा दाँतलाई अर्को दाँत दन्त ढुंगा द्वारा पकडेको हुन्छ (यो दन्त ढुंगा यति बाक्लो र ढिक्का भई सकेको हुन्छ कि यसले भित्री हड्डी देखि जरा सम्म असर गरेको हुन्छ) ।

यस्तो अवस्थामा सफा गर्दा सबै दन्तढुंगा को पनि सफा हुन्छ र मानिसलाई दाँतको बिचको भाग खाली-खाली भएको दाँत हल्लिएको हो की , अथवा सिरिंग सिरिॅग भएको हो की जस्तो लाग्छ ।

यो सामान्य हो । किनकी दाँत दाँत जोडाएर बसेको बर्षै देखिको फोहोर हामीले निकालेका हुन्छौ । दाँतको वरिपरीको गिजा पनि सफा हुने र रगत निसेकेर नया गिजा बन्न समय लाग्ने हुदा थोरै अप्ठ्यारो हुन्छ ।

कुरा के हो भने, तपाईलाई गलत जानकारी दिने मान्छेले आफ्नो दाँतको अवस्था कस्तो हुदाँ दाँत सफा गर्यो ?

हाम्रा पाठक बर्गलाई के भन्न चाहानु हुन्छ त?

दाँतलाई सधैभरी आफ्नो शरीरको अभिन्य अंगको रुपमा लिउँ ।  दाँत दुख्दा मात्र डेन्टिस्टकोमा जाने नगरौ । किनकी दुख्नु भनेको त त्यो दाँतमा असर भईसकेको हो । त्यो हुनु अगाडिनै गएर जाँच गराउन म सुझाब दिन्छु । आफ्नो दाँतमा केहि छैन जस्तो लागे पनि बर्षमा कम्तिमा २ चोटि आफ्नो मुख र दाँतको नियमित जाँच गर्न जानुपर्छ । त्यसो गर्दा केहि समस्या आउनु अगाडि यसको रोकथाम हुने र दसौ हजार खर्च लाग्ने अवस्थाको अन्त्य हुन्छ ।

दाँतमा साँच्चै किरा हुन्छ त ?  किरा झार्ने कला के हो ? कसरी झार्छन् ? त्यो जरा जस्तै वरिपरी लगेर किरा झार्ने चिज के हो ? र कसरी एक्कासी दुख्न कम हुन्छ ?

मेरो एक मात्र प्रश्न ! यदि दाँतमा साच्चै किरा हुने र छेउमा लग्दै किरा यसरी झर्ने भए किन राती सुतेर बिहान उठ्दा किरा मुखमा हुन्न ? के त्यो किरा झारेको भन्दा अगाडि जिवनमा एक चोटि कहिल्यै दाँतमा र मुखमा किरा हिडेको पाउनु भएको छ ? छैन नी ?

यसको सम्पूर्ण वास्तविकता आगामी दिनमा यसरीनै निवारण गर्दै जाउँला र किरा झार्ने हल्लाको पछि लाग्नु भयो भने तपाईंको दाँतमा संक्रमण अझै बढ्न सक्छ है ।