चन्द्रमणि कट्टेल

OM Sai Pathibhara Hospital
बिर्तामोड / मुलुक कोरोनाले आक्रान्त अनि थलिएका बेला सुपारीको अनौठो कारोवार अनि धन्दा गर्न पल्केका व्यवसायीले सुपारी आयातको खेलमा करिव ३ अर्व रुपैंया अवैध वाटो अर्थात हुण्डीबाट पठाउने गरेको खुलासा भएको छ  ।

तेस्रो मुलुकबाट सुपारी आयात गरी नेपाली सुपारी बनाएर वैधानिक तथा अवैधानिक रुपमा भारत पठाउन पल्केका व्यवसायीले यो वर्ष सरकारी निकायसँगको मिलेमतोमा पाएको अनुमतिसँगै ३ अर्व रुपैंया भन्दा वढि गैरवैंकिङ प्रणालि अर्थात हुण्डीबाट पठाएका छन् ।

आयातमा लागेको सरकारी प्रतिवन्ध हटाउन सफल बनेका उनीहरुले अहिले ईण्डोनेसियाबाट सुपारी आयात गरीरहेका छन् । सरकारी अधिकारीसँगको मिलेमतोमा मुलुकमा आवस्यक नै नरहेको सुपारी आयात अनुमति पाउन सफल भएका व्यवसायीले अहिले प्रतिटन १०५० डलर मुल्य देखाएर सुपारी ल्याईरहेका छन् । तर ईण्डोनेसियामा हाल सुपारीको मुल्य न्युनतम १६०० डलर देखि अधिकतम २६०० डलर सम्म प्रति टन रहेको छ ।

भन्सारमा देखाईएको मुल्य बराबरको रकम वैंकीङ प्रणालीबाट जाने गरेको भएपनि त्यति नै बराबरको रकम भने अवैध वाटोबाट जाने गरेको छ । विगत केहि वर्ष देखि बन्द रहेको सुपारी आयात खुलाउन सफल ६ वटा समुहले २५००० मेट्रिक टन भित्राउँदै छन् । प्रतिटन वास्तविक मुल्यमा पर्ने फरक बराबरको पैसा भने यो धन्दा गर्नेहरुले अवैध वाटो अर्थात हुण्डीबाट पठाउने गरेका छन् । हालको भन्सार मुल्य र ईण्डोनेसियाको बजार मुल्यका हिसाबले आउने फरक भने ३ अर्व रुपैंया भन्दा वेसी हुन जान्छ । यही फरक पर्ने मुल्य बराबरको पैसा भने अवैध वाटो अर्थात हुण्डीबाट जाने गरेको छ ।

विगतमा यो कारोवारमा संलग्न व्यवसायी समेत सरकार अनि सरकारी निकायको कमजोरीको फाईदा उठाउने काम सुपारीमा मात्र नभएर अन्य बस्तुमा पनि भईरहेको वताउँदछन् । उनी भन्छन् – पेट्रोलियम पदार्थको मुल्य अन्तराष्ट्रिय बजार मुल्यका आधारमा तलमाथि हुन्छ तर अन्य बस्तुको हुँदैन । त्यही भएर यस्ता बस्तुको कारोवारमा संलग्न व्यवसायीले हुण्डीको सहारा लिन्छन् ।

यो वर्ष सुपारी आयातको अनुमति पाउने समुह र सरकारबिचको सेटिङ मिलाउने काम होम पाण्डे र चित्र कुईकेल समुहले गरेको स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार यो समुहलाई सौर्य एयर संचालक दिपक पोख्रेल जो यो कारोवारमा लामो समय देखि जोडिदै आएका छन् , उनले सहयोगिको भुमिका खेलेका छन् ।

तेस्रो मुलुकबाट मुलुकमा आवस्यक नै नरहेको सुपारी भित्राउने समुहका बिचमा यसरी भागबन्डा समेत गरीएको छ । झापाका प्रदिप मित्तल समुहको १५ प्रतिशत , गोवीन्द सरियाको २० प्रतिशत , होम अनि चित्र समुहको २० प्रतिशत , विराटनगर ग्रुप ( प्रदिप मुरारका , दिनेश राठी र संजय अग्रवाल ) ३० प्रतिशत र झापाकै ओम अग्रवाल समुहको ६ प्रतिशत शेयर रहेको यो व्यवासयमा संलग्न एक व्यवसायीले जानकारी गराएका छन् ।

यो समुहले आयात गरेको सुपारीलाई नेपाली सुपारी बनाउन अहिले सिफारीस दिने कामका लागि सुपारी किसानका नाममा खुलेका केहि बिचौलिया संस्थालाई प्रयोग गर्ने तयारी भएको छ । सुपारी खेती बिकास संस्था नामको समुह जसले व्यवसायीले तेस्रो देशबाट ल्याएर राखेको सुपारीको स्टक कागजात हेरेकै भरमा नेपाली सुपारी भएको भनेर सिफारीस दिने गरेको छ । कारोबारमा संलग्न एक व्यवसायीले खतिवडा नेतृत्वको संस्थाले स्टक कागजातकै भरमा तेस्रो मुलुकबाट ल्याएको सुपारीलाई प्रति केजी ४० रुपैंया शुल्क लिएर सिफारीस दिने समझदारी भएको छ ।

नेपाल ल्याईएको सुपारीलाई नेपाली बनाएर वैधानिक अनि अवैधानिक रुपमा भारत पठाउँदा ४५ प्रतिशत सम्म मुनाफा हुने गरेको छ । भारतमा सुपारी आयातमा महँगो भन्सार अनि जिएसटी शुल्क भएका कारण पश्चिम बंगालका व्यवासायी नारायण अग्रवालसँग मिलेर नेपाली व्यवासायीले यो धन्धा गर्दै आएका छन् ।

सुपारी कारोवारको यो अनौठो धन्धा अनि यो भित्र लुकेको अर्वौ रुपैंयाको हुण्डी कारोबारका विषयमा गुप्तचर खबरले तयार पारेको विशेष रिपोर्ट :-