काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा.राजेन्द्र प्रसाद मिश्रले घट्दो धान खेतीयोग्य जमिन जोगाउन नसके भविष्यमा खाद्य सुरक्षामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने बताएका छन् । ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा सोमबार आयोजित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ लाई सम्बोधन गर्दै सचिव मिश्रले प्रविधिको विकास जतिसुकै भए पनि धान उत्पादनका लागि धानखेतको विकल्प नहुने बताए।उनले भने, ‘घट्दै गएको धान खेत हाम्रो साझा चिन्ताको विषय हो। आजको दुई सय वर्षपछिको प्रविधिले पनि धान खेती गर्न धान खेत नै चाहिन्छ। त्यसैले धान खेत जोगाउनु सबैको साझा दायित्व हो।
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो समय खेतीयोग्य जमिन बाँझो हुँदै जानु कृषि क्षेत्रका लागि गम्भीर चुनौती बनेको उल्लेख गरेका हुन् ।उनले धान रोपाइँ, असारे भाका र दही–चिउरा खाने परम्पराले नेपाली संस्कृति र पहिचानलाई समृद्ध बनाएको उल्लेख गर्दै राष्ट्रिय धान दिवस नेपालीहरूको मौलिक पर्वका रूपमा स्थापित भएको बताए ।मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो हुन थाले
काठमाडौं— आज राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति र किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धान खेतीको महत्वलाई उजागर गर्न यो दिवस मनाउने गरिन्छ ।धान नेपालीको मुख्य खाद्यान्न बाली हो । नेपालको इतिहास, सभ्यता, संस्कृति र जनजीवनसँग धानसँग सम्बन्ध जोडिएको हुन्छ । अधिकांश नेपालीको दैनिक भोजनको आधार चामल भएकाले धानलाई केवल कृषि उत्पादन मात्र नभई जीवनयापनको आधारका रूपमा पनि लिने गरिन्छ ।असार १५ धान रोपाइँको मुख्य समय भएकाले किसानका लागि विशेष महत्व बोकेको दिन
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका किसानहरू विविधिकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले मुख्यबालीका रूपमा अदुवा, बेसार लगाएका छन् भने सहायक बालीका रूपमा चिप्लीभिन्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् । बुलिङटार–१ ढाडबेँसीका किसान टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसारखेती गर्नुभएको छ । “मैले बेसारखेतीसँगै बारीमा भिन्डी र मकैखेतीसमेत गरेको छु”, उहाँले भन्नुभयो, “जसले गर्दा मलाई थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सहयोग पुगेको छ ।” उहाँले तरकारीका रूपमा भिन्डी बजारमा बिक्री हुने र मकै बुङ्गुरको लागि दाना बन्ने गरेको बताउनुभयो । “हामीले पहिलेपहिले एक ठाउँम
काठमाडौं । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम गरी मनाउने भएको छ । कृषि विभागले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादन बढाउन जलवायुमैत्री प्रविधिको विकास, विस्तार र प्रयोगलाई विशेष प्राथमिकता दिइएको जनाएको छ । नेपालको खाद्य तथा पोषण सुरक्षाको मुख्य आधार मानिने धान खेतीमा देशका करिब २७ लाख ६५ हजार कृषक परिवार आबद्ध छन् । राष्ट्रिय कृषि गणना २०७८ अनुसार कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ भने कृषि कुल गार्हस्थ्य उ
बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय किसाहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् । पुरुषहरु हलि बाउस्या जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु रोप्न्यारी बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न
झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ । कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले । यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी । पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ । पहिले बाँझो रहेका खेतबा
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४९ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्था
चितवन । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् । भ्रमणका क्रममा वन्यजन्तु र मानवबीचको सहअस्तित्व कायम गर्न सरकारले चाल्नुपर्ने सम्पूर्ण कदमहरू दृढताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री चौधरीले चितवनको देवनगरमा प्रस्तावित टाइगर सेन्चुरीु निर्माण स्थलको
इनरुवा। जिल्लाको हरिनगर गाउँपालिका-३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गर्नुभएको छ । उहाँले करिब रु आठ लाख लागतमा खेती सुरु गर्नुभएको हो । मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायर/होल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिनुभयो । “खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु”, उहाँले भन्नुभयो । परम्परागत खेती छाडेर व्यावसायिक रूपमा ड्रागनखेती गरेकामा यस वर्ष पाँच कट्ठामा रोपिएका बिरुवाबाट रु १२
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.