कृषि

    Showing १-१० of ६०६ items.
  • कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छ: मन्त्री चौधरी

    काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताएकी छन् ।कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे आयोजित छलफलमा मन्त्री चौधरीले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढंगले बुझाउन आवश्यक रहेको बताएकी हुन् ।‘कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ,’ उनले भनिन्, ‘यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५६ पटक पढिएको
  • पोल्ट्री किसान माइतीघरमा, भारतीय कुखुरा तस्करीदेखि कमिसनसम्मको विरोध

    काठमाडौं । आफ्ना समस्या समाधान गर्न सरकारसँग माग गर्दै पोल्ट्री किसानहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।किसानहरूले भारतीय कुखुराको तस्करी नियन्त्रण गर्नुपर्ने, कोल्ड स्टोरमा हुने कमिसनखोरी रोक्नुपर्ने तथा पोल्ट्री क्षेत्रका समस्या तत्काल सम्बोधन गर्नुपर्ने माग राखेका छन्।प्रदर्शनमा सहभागी किसानहरूले ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘कोल्ड स्टोरको कमिसन बन्द गर’, ‘पोल्ट्री किसानका माग पूरा गर’ र ‘साना किसानको विस्थापन बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।किसानहरूले पछिल्लो अवस्थाका कारण साना पोल्ट्री व्यवसायी तथा किसान थप समस्यामा परेको भन्दै सरकारले आफूहरूका माग स

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १८६ पटक पढिएको
  • व्यावसायिक कृषि र पशुपालनतर्फ चिसापानीका युवाहरू

    रामेछाप । धेरै युवाहरू कामको खोजीमा बिदेसिने क्रम चलिरहेको बेला रामेछापको मन्थली नगरपालिका–८ चिसापानीका केही युवाहरू भने व्यावसायिक रूपमा कृषि तथा पशबुपालन तर्फ लागेका छन् । गाउँमै केही गर्ने सोचका साथ युवाहरूले भैँसीपालन, दूध सङ्कलन तथा वितरण केन्द्र, तराकारी तथा खुर्सानी खेती, व्यावसायिक फूल खेती लगायतका काम सुरु गरेका छन् । गाउँमा भैँसीपालन सुरु भए पछि उत्पादित दूध बिक्रीको लागि गाउँमा नै दूध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानले उत्पादन गरेको दूध सहकारी मार्फत सञ्चालन भएको सो सङ्कलन केन्द्रमा बिक्री हुन्छ । एक जना किसानले दूध बेचेर ३० हजार रुपैँयासम्म

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २०४ पटक पढिएको
  • देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    काठमाडौं । यस वर्ष देशभर धान रोपाइँ उत्साहजनक रूपमा अघि बढेको छ । कृषि विभागका अनुसार हालसम्म धानखेतीयोग्य कुल क्षेत्रफलको ९८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा करिब २ प्रतिशत बढी हो ।विभागका अनुसार हालसम्म देशभर १३ लाख ४१ हजार ७६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । समयमै मनसुन सक्रिय हुनु र कृषि प्रसारमा देखिएको सक्रियताका कारण यस वर्ष रोपाइँको गति बढेको विभागले जनाएको छ ।प्रदेशगत रूपमा सुदूरपश्चिममा शतप्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा ९८.५०, मधेशमा ९८.१०, लुम्बिनीमा ९७.८७, बागमतीमा ९७.८२, कोशीमा ९७ र गण्डकीमा ९६.६८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १६३ पटक पढिएको
  • अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर सारू मगर

    रामेछाप / कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन् । तरकारी र गोलभेँडा भन्दा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि मोतीबहादुर अकबरे खुर्सानीको खेतीमा लागेका हुन् । गोलभेँडा तथा अन्य तरकारी खेती भन्दा खुर्सानीमा लगानी र मेहनत पनि काम लाग्ने भएकोले यता लागेको उनी बताउँछन् । ‘गोलभेँडालाई टनले राख्नु पर्यो, अन्य तरकारीमा रोग किरा पनि बढी लाछ, तर खुर्सानी खुल्ला बारीमा लगाउन मिल्यो, एक पटक लगाएपछि तीन÷चार वर्षसम्म आम्दानी दिन्छ, बजार भाउ पनि राम्रो छ, आलो बिक्री भएन

    • प्रकाशित मितिः भदौ ५, २०८३
    • २०८ पटक पढिएको
  • आफ्नै गाउँमा अवसर सिर्जना गर्दै सफल कृषक ईश्वर घिमिरे

    रामेछाप / वैदेशिक रोजगारी युवाको पहिलो रोजाइ बनिरहेका बेला रामेछाप नगरपालिका–८ बाबियाखर्कका ईश्वर घिमिरेले भने आफ्नै गाउँमा सम्भावना देखे। सीमित लगानी, निरन्तर मेहनत र कृषि प्रतिको लगावका कारण उनले आज सफल दुग्ध तथा मिश्रित कृषि व्यवसायीका रूपमा आफूलाई स्थापित गरेका छन्। कृषि क्षेत्रमा सुरुवात भने उनले गाउँमै कुखुरापालनबाट गरेका थिए। अपेक्षाअनुसार सफलता हात नलागेपछि उनले पेशा परिवर्तन गर्ने सोच बनाए। तर विदेशिने निर्णय नगरी २०७२ साल पुसमा मन्थलीको कुडहरमा सरेर दुईवटा गाईबाट दुग्ध व्यवसाय सुरु गरे।दुईवटा गाईबाट सुरु भएको यात्रा आज ठूलो कृषि उद्यममा परिणत भएको छ। हाल उनको गोठमा माउ र बाच्छी

    • प्रकाशित मितिः साउन ३१, २०८३
    • २९२ पटक पढिएको
  • कोदो खेतीबाट रोजगारी र आम्दानीको सम्भावना, बजार विस्तारमा जोड

    रामेछाप / रोजगारीका लागि युवा जनशक्ति विदेशिने र गाउँबाट सहरतर्फ बसाइँसराइ बढेसँगै रामेछापका खेतीयोग्य जमिन बाँझिँदै गए पनि कोदो खेतीलाई आम्दानी र रोजगारीको आधार बनाउन सकिने सम्भावना देखिएको छ।किसानले परम्परागत बाली छाडेर उन्नत तथा हाइब्रिड बालीतर्फ आकर्षित हुँदा जिल्लाका धेरै रैथाने बाली संकटमा परेका छन्। कतिपय स्थानीय बाली लोप भइसके पनि किसानले कोदो खेतीलाई भने निरन्तरता दिँदै आएका छन्। स्वास्थ्यका दृष्टिले कोदोको महत्व बढ्दै गएपछि पछिल्लो समय यसको मागसमेत बढ्न थालेको किसानहरू बताउँछन्। विगतमा गरिबको खाद्यान्नका रूपमा हेरिने कोदो अहिले पौष्टिक खाद्यान्नका रूपमा स्थापित हुँदै गएको छ।मन्थ

    • प्रकाशित मितिः साउन २९, २०८३
    • १७४ पटक पढिएको
  • ९६ प्रतिशत सकियो धान रोपाइँ, सुदूरपश्चिममा शतप्रतिशत सम्पन्न

    काठमाडौं / चालु आर्थिक वर्ष २०८३/८४ मा देशभर हाल सम्म धान रोपाइँ ९६ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । कृषि विभागको तथ्यांकअनुसार साउन २२ गतेसम्म देशभर १३ लाख ७० हजार ६२ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये १३ लाख १६ हजार ३९ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल लक्ष्यको ९६.०६ प्रतिशत हो । गत वर्षको सोही अवधिमा भने देशभर ९१.३१ प्रतिशत मात्रै धान रोपाइँ भएको थियो । त्यसबेला १३ लाख ७८ हजार ९६७ हेक्टर धान खेतीयोग्य क्षेत्रफलमध्ये करिब १२ लाख ५७ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो ।प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान रोपाइँ शतप्रतिशत सम्पन्न भएको छ । यो प्रदेशमा १ लाख ५४

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १५३ पटक पढिएको
  • अदुवाको भाउ बढेपछि इलाममा किसानको उत्साह, खेती विस्तारसँगै आम्दानीको लक्ष्य बढ्यो

    इलाम । अदुवाको बजार मूल्यमा सुधार आएपछि इलामका किसान व्यावसायिक खेती विस्तारतर्फ आकर्षित भएका छन् । गत वर्ष उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाएपछि यस वर्ष किसानले खेतीको क्षेत्रफल बढाउँदै आम्दानीसमेत बढाउने लक्ष्य लिएका छन् । माङसेबुङ–२ का देशराज लिम्बूले गत वर्ष पाँच रोपनीमा ९० मन अदुवा उत्पादन गरी ३ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका थिए । प्रतिमन ४ हजार ५ सय रुपैयाँमा अदुवा बिक्री गरेका उनले यस वर्ष २० मन बीउ रोपेका छन् । उत्पादन करिब १२० मन पुग्ने अनुमान गर्दै मूल्य पोहोरकै हाराहारीमा रहे ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ । सोही ठाउँका राजकुमार राईले गत वर्ष ५० मन अदुवा

    • प्रकाशित मितिः साउन २४, २०८३
    • १४७ पटक पढिएको
  • इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

    इलाम। माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर रु तीन लाख १५ हजार हात पार्नुभयो । अदुवाको मुख्य उत्पादन (बच्चा) प्रतिमन (४० केजी) रु चार हजार ५०० का दरले बिक्री गर्नुभएको हो । “गत वर्ष अदुवाको मूल्य  थियो, उत्पादन पनि मनग्य भएकाले आम्दानी पनि प्रशस्त भयो,” उहाँले भन्नुभयो ।पाँच रोपनीमा अदुवाखेती गरी ९० मन उत्पादन गर्नुभएका उहाँले २० मन बीउ राखेर बाँकी बेच्नुभयो । उहाँले १२० मन उत्पादन हुने अपेक्षाका साथ यस वर्ष  २० मन बीउ  रोप्नुभएको छ । उहाँले भन्नुभयो, “पोहोरकै जस्तो मूल्य आयो भने यस वर्ष पाँच लाख बढी आम्दानी गर्नेछु ।”माङसेबुङ–२ का अर्का किसान राजकुम

    • प्रकाशित मितिः साउन २४, २०८३
    • २४४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.