• चन्द्रमणि कट्टेल

बिर्तामोड / सरकारले मुलुकमा आवस्यक नै नरहेको समयमा नेपाली सुपारी कृषकलाई हानी नोक्सानी हुने गरी तेस्रो मुलुकबाट सुपारी आयात गर्न दिएको विषयलाई लिएर सत्तासिन एमाले भित्रै खटपट सुरु भएको छ । केहि व्यवसायीलाई मात्रै फाईदा पुर्याउने गरी आर्थिक लाभ लिएर सुपारी आयातको अनुमति दिएको भनेर चौतर्फी बिरोध भईरहेका बेला यो विषयले सत्तारुढ दल भित्र प्रवेश पाएको हो ।

एमालेकै नेता र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोती दुगड लगायतको मिलेमतोमा आफु निकटलाई छानीछानी मुलुकमा आवस्यक नै नरहेको समयमा २५ हजार मेट्रिक टन सुपारी आयात गर्न दिएको भनेर चौतर्फी आलोचना हुन थालेपछि यो विषयले सत्तारुढ दलको संसदिय दलमा प्रवेश पाएको हो ।

OM Sai Pathibhara Hospital

प्रतिनिधी सभा विघटन भएको समयमा आफ्नै दलको नेतृत्वमा रहेको केन्द्रिय सरकारको विवादास्पद यो निर्णयको विपक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लाका प्रदेश सांसद बसन्त बानिया, गोपाल बुढाथोकी, श्री प्रसाद मैनाली , एकराज कार्की , हिरा थापा , जसमाया गजमेर र बिर्ख प्रधान एक भएका छन् ।  

प्रदेश सभामा प्रतिनिधित्व गर्ने झापाका एमाले सांसदहरुले किसानको बेहित हुने गरी सुपारी आयातका लागि  दिएको विवादास्पद निर्णयको विपक्षमा आफुलाई उभ्याउँदै आफ्नै दलको नेतृत्वको सरकारले दिएको निर्णय सच्याउन माग गरेका छन् ।

गुप्तचर खबरसँगको कुराकानीका क्रममा केहि सांसदले त विवादास्पद यो विषय भित्र ठुलो आर्थिक खेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । सुपारी कारोबारसँग जोडिएको अवैध कारोवार र हुण्डी कारोवारका विषयमा छानविन हुनु पर्ने अनि किसानको विपक्षमा गएर गरिएको निर्णय सच्याउनु पर्ने समेत उनीहरुले माग गरेका छन् ।  

सुपारीको अनौठो कारोवारको विषयमा छानविन गर्न बनेको रमेशजंग रायमाझी नेतृत्वको समितिको निर्देशन लत्याउँदै सरकारले आयात गर्न दिएकोमा असन्तुष्ट बनेका एमालेका प्रदेश सांसद सरकारको निर्णयको विपक्षमा एक भएर उभिएपछि यो विषयका कारण प्रधानमन्त्री समेत आफ्नै गृह जिल्लामा अल्पमतमा पर्ने अवस्था बन्दै गएको छ ।

सुपारी खेतीको जिल्लाका रुपमा चिनिएको झापाका हजारौं किसानको विपक्षमा सरकारले निर्णय गरिदिएपछि प्रदेश सांसदहरु आफुलाई किसानको पक्षमा उभ्याउँदै आफ्नै पार्टीको नेतृत्व र सरकारका विरुद्धमा उभ्याउन बाध्य बनेका हुन् ।

गुप्तचर खबरले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो मुलुकबाट सुपारी आयात हुँदा नेपाल अनि नेपाली किसानलाई नोक्सानी भएको भनेर लेखेको पत्र सार्वजनिक गरिदिएपछि सो विषयमा पनि सांसदहरुले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उनीहरुले पार्टी अध्यक्षले लेखेको पत्रमा भएको व्यहोरा अनि नीतीमा एमाले सधै अडिग रहेको दावी गर्दै शंकास्पद रुपमा भएको यो विवादास्पद निर्णयका विषयमा जिल्ला पार्टी , प्रदेश कमिटि , संसदिय दल र केन्द्रिय कमिटि भित्र पनि छलफल गरी किसानका पक्षमा ठोस निर्णय गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

किसानलाई हानी र नोक्सानी हुने गरी केहि व्यवसायीसँगको मिलेमतोमा भएको यो अचम्म लाग्ने अनौठो कारोवारका कारण करिव ३ अर्व रुपैंया हुण्डीबाट अहिले सुपारी आयात भईरहेको मुलुक इण्डोनेसिया जाँदैछ । जुन अवैध कारोवार सुपारी आयातको अनौठो खेलमा संलग्न व्यवसायी समेत स्विकार्दछन् । इण्डोनेसियामा हाल सुपारीको न्युनतम मुल्य गुणस्तर अनुसार प्रति टन १६०० डलर देखि अधिकतम २६०० डलर सम्म रहेको छ । तर आर्थिक प्रलोभनमा पारेर नेपाल सरकारको भन्सार मुल्याङकन प्रति टन १०५० डलर कायम गर्न सफल बनेको गिरोहले यहि भन्सार मुल्यको फरकलाई टेकेर अर्बौ रुपैंयाको अवैध हुण्डी कारोवार समेत गरिरहेको छ ।

तेस्रो मुलुकबाट सुपारी आयात नहुँदा नेपाली किसानले प्रति केजी ६५० रुपैंया सम्ममा बिक्री गर्दै आएको नेपाली सुपारीको मुल्य सरकारको विवादास्पद निर्णयका कारण प्रति केजी ५०० रुपैंया भन्दा तल पुगेको छ ।

तेस्रो मुलुकबाट आयात भएको सुपारीलाई गुणस्तर परिक्षण गर्ने सरकारी निकाय अनि अधिकारी नहुँदा सुपारी किसान वाहेकका व्यक्तिको नेतृत्वमा खुलेका दोकान जस्ता विचौलिया संस्थासँगको मिलेमतोमा यो अनौठो कारोवार अनि धन्दा गर्न पल्केका सुपारी माफिया उपनामले चिनिएका गैर सुपारी व्यवसायीले तेस्रो मुलुकको सुपारीलाई नेपाली सुपारी बनाएर भारत पठाउने काम गर्दै आएका छन् ।

वास्तविक सुपारी किसानलाई मुल्य बढ्ने अनि नाफा हुने झुटा कुरा अनि आश्वासन दिएर यो धन्दा गर्न पल्केका सुपारीको अनौठो खेलमा संलग्न गिरोहका सदस्यले यो अनौठो खेल , तेस्रो मुलुकको सुपारीलाई नेपाली सुपारी बनाउने खेलका लागि भारतको कुनै अदालतमा मुद्धा दायर गरी  बन्द रहेको नेपालको सुपारी निर्यात खुला गर्न तयारी समेत गरेको जानकारी प्राप्त भएको छ ।

सुपारी आयातमा संलग्न गिरोहसँग मिलेर नेपाली सुपारी बनाएर भारत निर्यात गर्न पल्केका बिचौलिया संस्थाका प्रतिनिधीले अहिले भारतीय अदालतको फैसलामा टेकेर तेस्रो मुलुकबाट आयात भएको सुपारीलाई नेपाली सुपारी नबिकेर गोदाममा थन्केको झुटा कागजात र प्रमाण तयार पारी भारत पठाउने तयारी गरिएको छ । विगत करिव ५ वर्ष देखी वन्द रहेको सुपारी निर्यात खुला गर्नका लागि सुपारीको अनौठो खेलमा संलग्न गिरोहले नेपाली किसानलाई फाईदा पुर्याउने नाममा सुपारीको अनौठो धन्दामा अकुत कमाउन सफल गैर सुपारी कारोवारीलाई सजिलो बनाउने गरी गतिविधी गर्दै आएका छन् ।

सुपारीको मुलुकको अर्थतन्त्र अनि वास्तवीक रुपमा सुपारी खेतीमा संलग्न किसानलाई डुबाउने गरी भइरहेको यो अनौठो खेल अनि धन्दाका विषयमा गुप्तचर खबरसँगको कुराकानीका क्रममा एमाले नेता एवं सांसदले व्यक्त गरेका धारणालाई समेटेर तयार पारिएको यो विषेश रिर्पोट तपाईहरुका लागि –



यो पनि –मुखमा राम–राम बगलीमा छुरा : सुपारी किसानको विपक्षमा किन गए ओली !

यो पनि –सुपारीको जालो : अर्थ–मन्त्रालय र राष्ट्र बैंकले छानविन गर्ने

यो पनि – सुपारीको जालो : हुण्डीबाट यसरी वाहिरीदैंछ ३ अर्व रुपैंया


यो पनि –कोरोना महामारीमा मौलायो सुपारीको अनौठो धन्धा (भिडियो सहित)


यो पनि – सुपारीको अनौठो कारोवार : यस्तो छ सुपारी भित्र लुकेको अर्वौ रुपैंयाको खेल (भिडियो सहित )