बजार

    Showing १-१० of ५०१ items.
  • पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ ।मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति निरन्तर जारी रहने जनाएको छ । नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको निरन्तर समन्वयका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुने मन्त्रालयको दाबी छ ।मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा आम उपभोक्ताको दैनिक जीवन थप प्रभावित नहोस् भन्ने उद्देश्

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ८७ पटक पढिएको
  • ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

    काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २११ पटक पढिएको
  • नेपालमै हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’, रोजाइमा नेपालीपन झल्काउने डिजाइन

    काठमाडौं / दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही युवाहरुले कच्चा पदार्थ ल्याएर नेपालमै पनि उत्पादन गरिरहेका छन् । स्वदेशमै हेलमेट तथा ले–गार्ड उत्पादन गर्दै आएको रुपन्देहीको कोहिनूर समूहले आफ्नो उत्पादन क्षमता विस्तार भए पनि बजार मागअनुसार हाल सीमित उत्पादन गरिरहेको जनाएको छ । नाडा अटो शोमा भेटिएका कोहिनूर प्लास्टिक इन्डस्ट्रिज प्रालि र कोहिनूर मेटल उद्योगका प्रतिनिधि सुमन बस्यालले कम्पनीसँग दैनिक पाँच हजार युनिट ‘केपीआइ हेलमेट’ उत्पादन गर्न सक्ने क्षमता भए पनि हाल बजारको माग एक हजार २०० देखि १ हजार ५०० य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १५४ पटक पढिएको
  • नाडा अटो शोमा बिवाइडीका नयाँ तीन ब्रान्डका इभी गाडी सार्वजनिक

    काठमाडौं / काठमाडौंको भुकटीमण्डपमा मंगलबार देखि सुरु भएको १८औं संस्करणको नाडा अटो शो २०२६ मा बिवाइडीले तीनवटा नयाँ तथा अपग्रेडेड उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले (बिवाइडी सेलिएन) लाई अपग्रेडसहित पुनः बजारमा ल्याएको छ भने एटीटुको सुपेरियर भेरियन्ट र सार्क ६ प्लग–इन हाइब्रिड पनि सार्वजनिक गरेको हो । कम्पनीका प्रतिनिधि अंकीत दाहालले सीलायन ७ मा मुख्य रूपमा मोटर पावरमा ठूलो सुधार गरिएको बताएका छन । उनले यसअघि १०० किलोवाटको मोटर रहेकोमा नयाँ संस्करणमा १७० किलोवाटको मोटर प्रयोग गरिएको जानकारी दिए । उनले भने, ‘तीनवटा एकदमै एक्साइटिङ प्रोडक्टहरू अनभिल गरेका छौँ । सो सुरुमा कुरा गर्न

    • प्रकाशित मितिः भदौ ११, २०८३
    • १८५ पटक पढिएको
  • नबिल बैंकले ल्यायो शुन्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

    काठमाडौं  / नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ ।बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिनै किस्तामा भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।आवेदनका लागि ग्राहकले एन बैंक एपमा लगइन गरी ‘एन बैंक मार्केटप्लेस’ भित्र रहेको ‘बाइ नाउ पे लेटर’ विकल्प चयन गर्नुपर्नेछ । त्यसपछि मोबाइल नम्बर र खाता नम्बर प्रमाणीकरण, ओटीपी प्रविष्ट, नबिल क्रेडिट कार्ड

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • २१५ पटक पढिएको
  • गोरखकाली रबर उद्योग सञ्चालनबारे अन्योल, चर्चा गरियो तर प्राथमिकतामा परेन्

    काठमाडौं / नयाँ सरकार गठन भएसँगै विगत लामो समयदेखि बन्द रहेका सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना पुनः सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ । यसै क्रममा करिब १२ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । उद्योग पुनः सञ्चालनमा आएमा देशमै टायर तथा रबरजन्य सामग्री उत्पादन हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । सरकारले बन्द उद्योगलाई पुनर्जीवन दिने प्रयास थालेसँगै सर्वसाधारणमा स्वदेशमै रोजगारीका अवसर बढ्ने आशा पलाएको छ । तर उद्योग सञ्चालनका लागि आवश्यक लगानी, व्यवस्थापन, प्रविधि, बजार र उत्पादन लागत व्यवस्थापन कसरी गर्ने भन्ने

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५१ पटक पढिएको
  • युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

    एजेन्सी / केही मोटरसाइकल चालकका लागि आफ्नो मोटरसाइकलको वास्तविक परीक्षण सडक सकिएपछि सुरु हुन्छ । चेक गणतन्त्रको भिलानेकमा हुने यस्तो परीक्षणमा हिलो, ढुंगा, ठाडो उकालो र तीव्र गतिसँग जुध्नुपर्छ । त्यही ट्र्याकमा युरोपेली ¥याली च्याम्पियन टोमास भालाल पनि नयाँ मोटरसाइकल परीक्षण गरिरहेका छन्। यस पटक उनी चिनियाँ कम्पनी सीएफमोटोले निर्माण गरेको मोटरसाइकलमा प्रतिस्पर्धा गर्दैछन्। युरोपेली ¥याली च्याम्पियन टोमास भालाल भन्छन्,‘यसको डिजाइन निकै राम्रो, कम्प्याक्ट र हलुका छ। यो भारी छैन।’युरोपमा सीएफमोटो च्यालेन्ज आयोजना हुन थालेको यो दोस्रो वर्ष हो। चेक गणतन्त्र र स्लोभाकियामा हुने छनोट प्रतियोगिता

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ३३० पटक पढिएको
  • आयात बढेको होइन, सामान महँगिएको हो : साउनमा १ खर्ब ८७ अर्ब बाहिरिँदा यस्तो छ वास्तविकता

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको आयात १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको साउनको तुलनामा आयात ३१.०४ प्रतिशतले बढेको हो।तर आयातको यो वृद्धि बजारमा वस्तुको खपत अस्वाभाविक रूपमा बढेको कारण मात्रै भएको देखिँदैन। प्रमुख वस्तुहरूको परिमाण र आयात रकम हेर्दा कतिपय सामान कम परिमाणमा भित्रिए पनि मूल्य बढेका कारण नेपालबाट बाहिरिने रकम बढेको देखिन्छ।साउनमा सबैभन्दा धेरै रकमको आयात कच्चा सोयाबिन तेलको भएको छ। यसको आयातमा १८ अर्ब ४० करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। त्यसपछि डिजेलमा १३ अर्ब ८५ करोड र खाना पकाउने एलपीजी ग्यासमा ८ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ।इन

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २१६ पटक पढिएको
  • सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा

    काठमाडौं / सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २०७ पटक पढिएको
  • ६ बैंकले लाभांश वितरणको अनुमति मागे, स्वीकृतिपछि दशैँअघि नै सेयरधनीले पाउने सम्भावना

    काठमाडौं / गत आर्थिक वर्ष २०८२ र ८३ को नाफाबाट लाभांश वितरण गर्न ६ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकसँग पूर्वस्वीकृतिका लागि आवेदन दिएका छन्। राष्ट्र बैंकबाट अनुमति प्राप्त भएमा सम्बन्धित बैंकका सेयरधनीले दशैँअघि नै लाभांश प्राप्त गर्ने सम्भावना रहेको छ।पूर्वस्वीकृतिका लागि आवेदन दिने बैंकहरूमा नबिल बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन्। नेपाल राष्ट्र बैंकले बैंकहरूको वित्तीय अवस्था, नियामकीय मापदण्ड तथा अन्य आवश्यक पक्षको मूल्याङ्कनपछि लाभांश वितरणका लागि स्वीकृति दिने व्यवस्था छ। स्वीकृति प्राप्त भएपछि सम्बन्धित बैंकल

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २२७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.