विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित बसपार्क पछाडि रहेको राधारत्न ओखलढुंगा छापाखानामा आगलागी भएको छ। ‘कञ्चन बहुउद्देश्यीय प्रा.लि.’ अन्तर्गत सञ्चालित छापाखानामा बिहीबार साँझ अचानक आगलागी भएको हो।
भवनाथ पौडेलले विगत ३० वर्षदेखि सञ्चालन गर्दै आएको उक्त छापाखानामा लागेको आगो नियन्त्रणमा लिन विराटनगर महानगरपालिकाका तीनवटा दमकल परिचालन गरिएको छ।
महानगरपालिकाका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगलागीको कारण खुल्न सकेको छैन। घटनाबाट भएको भौतिक क्षति तथा मानवीय क्षतिबारे पनि विस्तृत विवरण आउन बाँकी रहेको छ।




































