राजनीति

    Showing १-१० of १०,४६४ items.
  • मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणमा सबै तहका सरकार जिम्मेवार

    काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएका छन् ।मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरे ।‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखन रहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ । प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै मानव बेचबिखन तथा ओसारपसारको प्रवृत्ति, प्रकृति, स्वरूप र गन्तव्यमा समेत परिवर्तन

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • ५१२ पटक पढिएको
  • मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यकः मन्त्री बादी

    काठमाडौं— महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् ।मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले संघ, प्रदेश र स्थानीय तहका सरकार, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघसंस्था, नागरिक समाज, सञ्चारमाध्यम, विकास साझेदार तथा आम नागरिकलाई आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न आग्रह गरेकी हुन् ।यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगतास् म

    • प्रकाशित मितिः भदौ २०, २०८३
    • ५५० पटक पढिएको
  • कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा हुने

    काठमाडौं / नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ ।नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको बैठकले महाधिवेशनको मिति तथा विभिन्न तहका अधिवेशनको कार्यतालिका तय गरेको हो । तयारी समितिका संयोजक प्रा।डा। शशांक कोइरालाको संयोजकत्वमा भाद्र १७ गतेदेखि चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशनसम्बन्धी विभिन्न निर्णय गरेको हो । बैठकले आगामी असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • २५७ पटक पढिएको
  • बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले भोटेकोशी बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।बिहीबार बसेको पार्टी सचिवालय बैठकले भोटेकोशी बाढीबाट उत्पन्न राष्ट्रिय शोक र विपद्को अवस्थाबारे करिब तीन घण्टा गम्भीर समीक्षा गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रास्वपाका प्रवक्ता जगदिश खरेलले सरकारले सीमित स्रोत–साधनका बाबजुद खोजी, उद्धार र राहतमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए ।उनका अनुसार बैठकमा सरकारमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले विपद्पछि सरकारले गरिरहेको काम र कार्यप्रगतिबारे जानक

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १४५ पटक पढिएको
  • महाधिवेशनको मिति विवादले कांग्रेसमा तनाव, अनुशासन समिति बैठक बस्दै

    काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनको मिति र प्रक्रियालाई लिएर आन्तरिक विवाद चर्किँदै गएपछि केन्द्रीय अनुशासन समिति सक्रिय भएको छ । पार्टीभित्रको शक्ति संघर्षकै बीच समितिको बैठक आज बस्न लागेको हो ।अनुशासन समितिको बैठक बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने तय भएको छ ।निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी महाधिवेशनको छुट्टै कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापन पक्षले त्यसलाई गम्भीर रूपमा लिएको देखिएको छ । यही विषयमा आवश्यक छलफल तथा स्पष्टीकरणका लागि अनुशासन समिति बैठक बोलाइएको कांग्रेस स्रोतको भनाइ छ ।महाधिवेशनको प्रक्रिया अघि

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • २३१ पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बस्दै-यस्तो छ कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम  निषेध तथा नियमित गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तैगरी, उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ‘नेपाल भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ पेस गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्द

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • २११ पटक पढिएको
  • चार वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो ।बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आ।व। २०८२÷८३को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुने कार्यसूची रहेको छ । विधायन व्यवस्थापन समिति बिहान दिनको ११ः३० बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूच रहेको छ ।यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा रा

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • ११८ पटक पढिएको
  • रास्वपाको सचिवालय बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।

    • प्रकाशित मितिः भदौ १८, २०८३
    • १५२ पटक पढिएको
  • हामी सगरमाथाको देशको मान्छे, हाम्रो पीडा सगरमाथाभन्दा अग्लो छ: सांसद राई

    काठमाडौं / श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पछिल्लो विपद्का कारण मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले विपद्का दृश्यहरूले आफूहरूलाई समेत विचलित बनाएको बताए ।उनले भने, ‘हामी सगरमाथाको देशको मान्छे हाम्रो पिडा सगरमाथाभन्दा अग्लो छ । हामी पानी नै पानी भएको देशको मान्छे हाम्रा आँशु र रगत पानी जस्तै बगेको छ । हाम्रा पिडा हाम्रो दुख बुझ्‌ने गरि शब्दमा भन्न सक्दैनौ । दृश्यहरु यस्ता छन् हामी बाचेकाहरुलाई पनि विचल्ति बनाएको छ । यी दृश्यहरुले हाम्रो मुटु गाठो पर्छ।’सांसद राईले भोटेकोशी र त्रिशूली नदीका त

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २१३ पटक पढिएको
  • सरकारले सुरुङमा उद्धार गर्ने प्रविधि छैन भन्यो, संसारभर त्यही प्रविधिबाट काम भइरहेको छ: ज्ञानेन्द्र शाही

    काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा सरकारलाई सहयोग गर्दै नागरिकको उद्धार र राहतमा केन्द्रित हुनुपर्ने बताएका छन् ।बुधबार प्रतिनिधिसभाको विशेष समयमा दलगत धारणा राख्दै सांसद शाहीले सर्वदलीय बैठकमा पनि विपद्को समयमा सरकारलाई कसरी सहयोग गर्ने, सरकारले कहाँ–कहाँ र कसरी काम गर्ने तथा सबै राजनीतिक दल कसरी एकजुट हुने भन्ने विषयमा छलफल भएको बताए ।‘सरकारलाई यो विपद्को बेला हामी साथ दिइरहेका छौँ। यतिखेरको समय भनेको हामी सबै मिलेर नागरिकलाई कसरी बचाउने, बेपत्ता भएका मानिसहरूलाई कसरी खोज्ने र पीडितहरूको आँसु

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १७५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.