बिर्तामोड / संवैधानिक प्रकृया मिचेर भएको संसद विघटन विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको विपक्षी गठबन्धनका लागि एमालेको माधव कुमार नेपाल समुहका २० सांसदले मात्रै हस्ताक्षर गरेपनि बहुमत जुटेको छ । 

कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन यसअघि नेपाल पक्षका २६ सांसदले  हस्ताक्षर गरेको भएपनि पछि विवाद उत्कर्षमा पुगेका बेला ६ सांसद केपी ओलीको पक्षमा लागेका थिए । आज सर्वोच्च अदालतमा मुद्धा दायर गर्न विपक्षी गठबन्धनले गरेको हस्ताक्षर संकलनमा एमालेको नेपाल समुहका २० जनाले मात्र हस्ताक्षर गरेका हुन् । 

OM Sai Pathibhara Hospital

सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदको हस्ताक्षर र नागरिकता संकलन भएको छ । विपक्षि गठबन्धनले दिएको जानकारी अनुसार अहिले सम्म उपस्थित सांसदले प्रधानमन्त्री बन्न देउवालाई प्रस्ट बहुमत पुग्ने देखिएको छ ।