पत्रपत्रिका

    Showing 1-10 of 1,254 items.
  • पत्थरकोटमा पर्यटनको नयाँ पहिचान : होटल होलिडे एण्ड फ्यामिली रिसोर्टले बदल्यो दृश्य

    सर्लाही  ।   लालबन्दी नगरपालिका–१३, पत्थरकोटमा रहेको होटल होलिडे एण्ड फ्यामिली रिसोर्ट  स्थानीय पर्यटन विकासको प्रमुख आकर्षणको रुपमा उदाएको छ। रिसोर्टका मालिक अभिषेक नगरकोटि १४ वर्षको पत्रकारिता अनुभवपछि होटल व्यवसायतर्फ मोडिएका हुन्, र छोटो समयमै उनले क्षेत्रको पर्यटन छाप बदल्न सफल भएको स्थानीयले जनाएका छन्।पत्रकारिताबाट होटल व्यवसायमा प्रवेश गरेका नगरकोटिले पत्थरकोटलाई व्यवस्थित र परिवारमैत्री विश्रामस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। हरियालीले घेरिएको शान्त वातावरण, स्विमिङ पूल, आधुनिक कोठा तथा परिवारका लागि छुट्टै सुविधा उपलब्ध गराएपछि ह

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 459 पटक पढिएको
  • एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना,१०६ पत्रकार पीडित

    काठमाडौँ —गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।समीक्षा अवधिमा बागमती

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 498 पटक पढिएको
  • पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बारको अवरोध, वकिल र पत्रकारबीच झडप

    जनकपुर – जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।केन्द्रिय गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोजेका हुन् ।महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 622 पटक पढिएको
  • पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त

    काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 537 पटक पढिएको
  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदैछन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज आज स्वदेश फर्किन लागेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसं

    • प्रकाशित मितिः साउन २३, २०८२
    • 512 पटक पढिएको
  • खानेपानीको समाचार लेखेपछि धम्की खेपेका पत्रकारले गरे आत्महत्या

    काठमाडौँ – रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।खानेपानी समस्या सम्बन्धी समाचार लेखेका का

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 831 पटक पढिएको
  • रुकुममा कार्यालय सहयोगीको झुन्डिएको अवस्थामा मृत्यु, पत्रकार सम्पर्कविहीन

    काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 365 पटक पढिएको
  • काठमाडौं महानगरको बजेट आइतबार सार्वजनिक हुने...

    काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा यही असार २९ गते (आइतबार) दिउँसो २ बजेका लागि बोलाइएको छ।शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन शाहले नगरसभासम्बन्धी एउटामात्र एजेण्डा पेस गरेका थिए। उनका अनुसार नगरसभाको अधिवेशनअघि सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्नेछ।बैठकका लागि २४ वटा एजेण्डा भए पनि औपचारिक रूपमा नगरसभा आह्वान गर्ने विषयलाई मात्रै बैठकमा राखिएको मेयर शाहले स्पष्ट पारे।उनले भने, “एजेण्डामा २४ वटा प्रस्ताव भए पनि आज एउटा मात्र एजेण्डा राखिएको छ — नगरसभा अधिवेशन सम्बन्धी प्रस्ताव पेस गर्नु।” अब तय गरिएको नगरसभा बैठकमार्फत काठमाडौं महानगरपालिकाको आगाम

    • प्रकाशित मितिः असार २७, २०८२
    • 491 पटक पढिएको
  • आर्थिक सुधारमा ३० वटा कानुन परिवर्तन, उद्योग संघको स्वागत...

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले अनुकुल नीतिहरू अवलम्बन गरिरहेको बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा उनले भने, “बजेटमा ‘टेक एन्ड पे’ को विषय धेरै चर्चा भयो, त्यसलाई फिर्ता लिइसकिएको छ। नेपालको जलस्रोतको विशाल सम्भावनालाई अधिकतम सदुपयोग गर्दै जलविद्युत विकासमा निजी क्षेत्रको लगानी वृद्धि गर्न अनुकुल नीति ल्याउने छौं।”उनले उत्पादन भएको विद्युतको उपभोग र वितरणमा ध्यान दिनुपर्ने पनि जोड दिए। साथै, विद्युत् सवारी साधन (इभी) को कर

    • प्रकाशित मितिः असार २७, २०८२
    • 350 पटक पढिएको
  • प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनित

    काठमाडौं – नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले आफ्नो विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् । संस्थाले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको अध्यक्ष शिव लम्सालले बताए । नेपाल प्रेस युनिय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 199 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा