काठमाडौं / जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्।
उनलाई बुधबार साँझ ललितपुरको बागडोल क्षेत्रबाट नेपाल प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध तथा वैयक्तिक गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।
जाहेरीका आधारमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।






































