बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाका एक युवा मंगलबार राती चारआली जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेका छन् । घरबाट किराना पसलका लागी सामान किन्न बिर्तामोड आएका बुद्धशान्ति– ४ मन्दिरचोक निवासी मनकुमार पौडेल जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् । 

दिउँसो ३ बजेपछि सम्पर्कविहीन  भएका उनी साँझ छ बजेसम्म पनि घर फर्किएनन् । घर नगएपछि उनको खोजी सुरु गरिएको थियो । राति नौ बजे चारआली जङ्गलमा उनी मृत भेटिएका हुन् ।  हाल उनको शवलाई पोस्टमार्टमका लागी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । परिवारजनले भने  हत्या भएको  आशंका गर्दै छानविनको माग गरेका छन् ।