धर्म/संस्कृति

    Showing १-१० of ९७९ items.
  • ‘श्रीकृष्ण जन्माष्टमी’ पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको भीड (तस्बिरहरु)

    भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।    भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गरिरहेका छन् । पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । 

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १३४ पटक पढिएको
  • ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

    काठमाडौं / वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् । धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरास्थित कारागारमा वासुदेव र देवकीको पुत्रका रूपमा भएको हो । कंसको अत्याचारबाट पीडित संसारलाई मुक्त गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।जन्माष्टमीलाई गो

    • प्रकाशित मितिः भदौ १९, २०८३
    • १६० पटक पढिएको
  • आजकाे राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काममा ढिलासुस्ती तथा मनमा अशान्तिले दैनिकी प्रभावित हुनेछ । व्यापारमा लगानी गरे पनि न्यून प्रतिफल प्राप्त हुनेछ । अध्ययनको लागी समय प्रतिकुल रहेको छ भने प्राप्ताङ्क आफूतिर ल्याउन निकै मेहनत गर्नु पर्नेछ । पुर्ख्यौली तथा भौतिक सम्पत्तिमा विवाद हुन सक्छ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विपत्ति तथा प्राकृतिक प्रकोपमा परेका मानिसहरूलाई सहयोग गर्न पाउँदा मन प्रसन्न हुनेछ ।वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित संस्थामा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९७ पटक पढिएको
  • ताप्लेजुङमा मनाइयो रोपाइँ जात्रा

    ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा परम्परागत रोपाइँ जात्रा मनाइएको छ । नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङको आयोजनामा रोपाइँ जात्रा मनाइएको हो ।धान रोपाइँ सकिएपछि असार महिनामा मनाइने यो जात्रा नेवार समुदायको मौलिक संस्कृतिसँग जोडिएको छ । रोपाइँको झल्को दिने गरी विभिन्न सांस्कृतिक गतिविधि, भेषभूषा र रमाइलो प्रस्तुतिसहित जात्रा मनाइएको हो ।रोपाइँ जात्राले कृषि कर्म, विशेषगरी धान रोपाइँसँग जोडिएको नेपाली मौलिक परम्परा र संस्कृतिलाई जीवन्त राख्ने काम गर्दै आएको छ । जात्रामा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो ।ताप्लेजुङमा बसोबास गर्ने नेवार समुदायले आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ८७ पटक पढिएको
  • विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै

    काठमाडौं— आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक हातहतियार परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे जनचेतना जगाउने उद्देश्यले विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । सन् २००९ को डिसेम्बर २ मा संयुक्त राष्ट्रसंघको ६४औं सभाले २९ अगष्टलाई आणविक हतियार विरुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४५५ पटक पढिएको
  • गाईजात्रा पर्व आज मनाइँदै

    काठमाडौं— आज गाईजात्रा पर्व मनाइँदै छ । यो पर्व काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाउने गरिन्छ ।परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने गरिन्छ । विशेषगरी काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर तथा टोल परिक्रमा गराउने प्रचलन छ ।गाईजात्राका क्रममा श्रद्धालुले सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्य सामग्री तथा अन्न र द्रव्य दान गर्ने परम्परा छ । धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार

    • प्रकाशित मितिः भदौ १३, २०८३
    • ४२८ पटक पढिएको
  • इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

    काठमाडौं / इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्म जयन्ती पर्व मनाउन लागेको हो । मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन् । मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एक—अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई म

    • प्रकाशित मितिः भदौ १०, २०८३
    • १५६ पटक पढिएको
  • मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति

    मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा यतिबेला यार्तुङ पर्वको रौनक छ । उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएलगत्तै वारागुङ मुक्तिक्षेत्रमा यसको चहलपहल बढेको छ । गाउँका चोक, चौतारा र मैदानमा मानिसहरूको जमघट बाक्लिएको छ । हिमाली हावामा घोडाको टापको आवाज गुञ्जिन थालेको छ ।जनप्रिय युवा क्लब, रानीपौवाले आयोजना गर्न लागेको यार्तुङको घोडा दौडका लागि समाजसेवी ङुटुक गुरुङ ‘मुस्ताङ टाइगर’ पनि आफ्ना चार घोडासहित मुक्तिनाथ पुगेका छन् । घरमै चढ्नका लागि मात्रै उनका सातवटा घोडा छन् । ‘यार्तुङ केवल रमाइलो गर्ने पर्व होइन, हाम्रो संस्कृति र परम्परासँग जोडिएको पर्व हो,’ गुरुङ भन्छन् ।स्थानीय भाषामा यार्तु

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • २४९ पटक पढिएको
  • बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

     बाजुरा । सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ । जगत जननी बडीमालिकामा जनैपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।सोमबार विहान सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरीको एक टुकुडीको सलामी सहित सरकारी टोलीको विदाई गरिएको हो । बडीमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरुका आ९आफ्नै पूजा टोली पनि पुजाका लागि गएका छन् । यस अघि डोटी, धनग

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १५४ पटक पढिएको
  • पलाञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएपछि तान्त्रिक विधिबाट क्षमा पूजा

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवतीको मूर्तिमा शनिबार साँझ आरतीका क्रममा पसिना देखिएपछि मन्दिरमा विशेष पूजा गरिएको छ ।आरती चलिरहेका बेला मूर्तिमा पसिना देखिएको भन्दै मन्दिर व्यवस्थापन पक्षले तत्काल मूर्तिलाई स्नान गराई तान्त्रिक विधिबाट क्षमा पूजा गरेको हो ।मन्दिर व्यवस्थापन उपसमितिका पूर्व संयोजक किरण श्रेष्ठका अनुसार यसअघि पनि मुलुकमा ठूला प्राकृतिक विपत्ति तथा राजनीतिक संकटका बेला पलाञ्चोक भगवतीको मूर्तिमा यस्तै संकेत देखिएको विश्वास स्थानीयस्तरमा रहँदै आएको छ ।उनका अनुसार १९९० सालको भूकम्पदेखि २०५८ सालको दरबार हत्याकाण्ड, २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहि

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २०७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.