सुनसरि । मिनि ट्रक सहित लत्ताकपडाहरु बरामद गरेको छ। सुनसरी ईटहरी उ.म.न.पा. १५ झोराहाट स्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा. सुनसरीबाट सप्रनाउ मातृका पौडेलको कमाण्डमा खटिएको १० जनाको मोवाईल गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली अन्दाजी मुल्य रु२३,००,०००।- (तेईस लाख) बरावरको मिनि ट्रकमा लोड गरी नेपालतर्फ ल्याउदैँ गरेको अन्दाजी मुल्य. ७,१५,३६०।- (सात लाख पन्ध्र हजार तिन सय साठी) बरावरको लत्ताकपडाहरु सहित जम्मा अन्दाजी मुल्य. ३०,१५,३६०।- (तिस लाख पन्ध्र हजार तिन सय साठी) बरावरको मिनी ट्रक र लत्ताकपडाहरु बरामद गरी भन्सार बुझाउने प्रकृयामा रहेको जनाएको छ।






































