• चन्द्रमणि कट्टेल

बिर्तामोड / कोरोना महामारीका कारण  मुलुक लकडाउन भएको मौका छोपेर सुपारी कारोवारको अनौठो धन्धा गर्न पल्केका व्यवसायीले सरकारी अधिकारीसँगको मिलेमतोमा काकडभिट्टा नाका हुँदै तेस्रो मुलुकबाट सुपारी भित्राउन सुरु गरेका छन् । 

सुपारी माफिया उपनामले चिनिएका व्यवसायीले तेस्रो मुलुकबाट आयात गरिएको सुपारीलाई नेपाली सुपारी बनाएर भारत निर्यात गर्न पल्केका उनीहरुले संसदिय समितिको निर्देशन समेत लत्याउँदै काकडभिट्टा नाका हुँदै नेपाल भित्राउन सुरु गरेका हुन् ।

OM Sai Pathibhara Hospital

नेपाली कृषकलाई घाटा अनि नोक्सान भएपछि रोकिएको सुपारी आयात बहालवाला मन्त्री र सरकारी अधिकारीसँगको मिलेमतोमा आयात खुला गरि २५ हजार मेट्रिक टन सुपारी काकडभिट्टा नाका हुँदै नेपाल भित्राउन सुरु गरेका हुन् । कोरोना महामारी र लकडाउनका कारण मुलुक ठप्प बनेको मौका छोपेर आयात रोक्ने संसदिय समितिको निर्देशन लत्याउँदै भन्सार पास सुरु गरिएको छ । 

सुपारी आयातको डरलाग्दो खेल गुप्तचर खबर डटकम र राजधानीको एक अनलाईन पत्रिकाबाट सार्वजनिक भएपछि सांसद रमेशजंग रायमाझीको नेतृत्वमा संसदिय छानविन समिति बनेको थियो । संसदिय समितिले मन्त्रीपरिषदको कार्यालय , अर्थ मन्त्रालय , उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय , भन्सार विभाग र वाणिज्य विभागलाई लिखित रुपमा छानविन पुरा नहुन्जेल आयात रोक्का गर्न निर्देशन दिएको थियो । 

वाणिज्य विभागले देशभित्र सुपारीको अभाव भएको झुटो प्रतिवेदन तयार गरी तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन आयातका लागि कोटा निर्धारण गरी सुचना जारी गरेको थियो । आयातका लागि ८५ वटा फर्म तथा कम्पनीले आवेदन दिएकोमा सरकार र सरकारी अधिकारीसँग सेटिङ मिलाउन सफल सुनसरी र मोरङका ६ व्यवसायीलाई मात्रै अनुमति दिएर हतार–हतार कोटा स्थगन गरेको थियो । 

वाणिज्य विभागले झापाको तान्वी ट्रेडर्स र श्यामजी सप्लायर्स सहितका फर्म तथा कम्पनीलाई मात्रै देशभित्र आवश्यक नै नरहेको सुपारी आयातको अनुमति दिएको थियो । झापाका व्यवसायी प्रदिप मित्तल , शंकर अग्रवाल , श्याम अग्रवाल र सांघाई ग्रुप अनि मोरङका प्रदिप कुमार मुरारका र दिनेश राठीले मात्रै आयात अनुमति पाएपछि देशभरका व्यवसायीले विरोध गरेपछि यो विषय सतहमा आएर ठुलो मुद्धा बनेको थियो ।

अनुमति पाएका झापाली व्यवसायी प्राण जुसका नेपालका कारोवारी गोविन्द सरिया समुहका हुन् । उनीहरु सवैलाई आयातको अनुमति दिलाउन सरकार र व्यवासयी बिचको सेटिङ सौर्य एयरका संचालक दिपक पोख्रेलले मिलाइदिएको यो कारोवार बुझ्नेहरुको दावी छ । उनीहरुले खरिद गरेको सुपारी पश्चिम बंगालका नारायण अग्रवालले खरिद गर्ने अनि वैधानिक र अवैधानिक बाटो हुँदै भारत लाने गरिएको विगतका विषयमा सबै जानकार नै छन् । 

सुपारी आयातको यो अनौठो खेलमा करोडौ रुपैंया मुनाफा हुने गरेको छ । स्वदेशी गुट्खा उद्योगलाई आयात अनुमति नदिएर हुने यस खेलका कारण भारतीय गुट्खा सजिलै नेपाल भित्रिने अनि राज्यलाई करिव २०० करोड रुपैंया राजश्व नोक्सान हुने सुर्तिजन्य उत्पादक संघको भनाई छ । 

सुपारीको अनौठो धन्धा अनि खेलका विषयमा हामीले सरकारी अधिकारी , गुट्खा उद्योगका संचालकहरु र आयातकर्ता व्यवसायीसँग कुराकानी गरि हाम्रा पाठकका लागि यो सनसनी खेज विषेश रिर्पोट तयार पारेका छौ। । संसदिय छानविन समितिका संयोजक रायमाझी , भन्सार विभागका प्रवक्ता , वाणिज्य विभागका प्रवक्ता , गुट्खा उद्योगका संचालकहरु र आयातकर्ता व्यवसायीसँगको कुराकानी सहित तयार पारिएको यो खास अनि विषेश रिर्पोट तपाईहरुका लागि