काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक धार्मिक भ्रमणका लागि भोलि भारत प्रस्थान गर्ने भएका छन्।

लामिछानेले २०८३ कात्तिक ६ गतेदेखि तीन दिनसम्म भारतका विभिन्न धार्मिक स्थलमा पूजाआजा तथा दर्शन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा उनी धनगढी हुँदै भारत जानेछन्। भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम तथा आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाआजा गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

तीनदिने धार्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किनेछन्।FB_IMG_1792686321518