बिर्तामोड  / बिर्तामोडको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

याे पनि –युट्युबरको ज्यादती : प्रहरीको फन्दामा परे झापाका युट्युबर

पिडित पक्षले घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जना विरुद्ध आज (बिहिबार) जाहेरी दिएका थिए ।  

प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आर्चायले जानकारी दिए । 

सो घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।