नुवाकोट— भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएकी एक वृद्धालाई सशस्त्र प्रहरीले ११ दिनपछि जीवितै उद्धार गरेको छ।
सशस्त्र प्रहरीको टोलीले उनलाई नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उद्धारका क्रममा वृद्धा अचेत अवस्थामा भेटिएको थापाले बताए। उनलाई स्वास्थ्य परीक्षणका लागि लगिएको र परीक्षणपछि मात्र स्वास्थ्य अवस्थाबारे यकिन जानकारी हुने उनले बताए।
उद्धार गरिएकी वृद्धाको नाम र ठेगाना खुल्न सकेको छैन। बाढीपछि बेपत्ता भएकी उनी ११ दिनसम्म कसरी बेत्रावतीस्थित घरमा पुगिन् भन्नेबारे समेत खुल्न बाँकी छ।






































