बिर्तामोड / नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत एक प्रहरी जवान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

मेचीनगर नगरपालिका –४ घर भइ हाल भद्रपुरमा श्रीमती र नानीसँग घर भाँडामा बस्दै आएका २५ वर्षीय सरोज कार्की शनिबार बिहान कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

मृतक कार्कीकी श्रीमती पनि प्रहरीमा कार्यरत छिन् । उनले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए । 

मृतक कार्कीकी दिदीले भने खुट्टा भुइँमै छोएको र कोठाभरी सरसामान छरपस्ट रहेको भन्दै घटना शंकास्पद भएको बताएकी छिन् । शवको कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिए ।