शर्लाही लालबन्दी नगरपालिका–१३, पत्थरकोटमा रहेको होटल होलिडे एण्ड फ्यामिली रिसोर्ट स्थानीय पर्यटन विकासको प्रमुख आकर्षणको रुपमा उदाएको छ। रिसोर्टका मालिक अभिषेक नगरकोटि १४ वर्षको पत्रकारिता अनुभवपछि होटल व्यवसायतर्फ मोडिएका हुन्, र छोटो समयमै उनले क्षेत्रको पर्यटन छाप बदल्न सफल भएको स्थानीयले जनाएका छन्।
पत्रकारिताबाट होटल व्यवसायमा प्रवेश गरेका नगरकोटिले पत्थरकोटलाई व्यवस्थित र परिवारमैत्री विश्रामस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। हरियालीले घेरिएको शान्त वातावरण, स्विमिङ पूल, आधुनिक कोठा तथा परिवारका लागि छुट्टै सुविधा उपलब्ध गराएपछि होटल स्थानीय तथा बाहिरका पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ।स्थानीय पर्यटन व्यवसायीका अनुसार, पत्थरकोट क्षेत्रमा अहिले देखिएको पर्यटन सक्रियताको प्रमुख कारण नै यस रिसोर्टको स्थापना हो। विवाह, जन्मदिन, सेमिनार, कर्पोरेट मिटिङलगायत कार्यक्रमका लागि उपयुक्त संरचना भएकाले रिसोर्टमा दिनहुँजसो कार्यक्रम हुने क्रम बढ्दै गएको छ।
रिसोर्टका मालिक अभिषेक नगरकोटिका अनुसार, आफ्नो १४ वर्षे पत्रकारिता अनुभवले व्यवस्थापन, सूचना प्रवाह र सेवाको गुणस्तर सुधार्न सहयोग पुर्याएको छ। “लालबन्दीलाई पर्यटन मैत्री शहर बनाउन सकिन्छ भन्ने विश्वासका साथ रिसोर्ट स्थापना गरिएको हो,” उनले बताए।होटल होलिडे एण्ड फ्यामिली रिसोर्टले स्थानीय रोजगारी, व्यवसायिक सक्रियता र पर्यटकीय आकर्षण वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्रोतहरू बताउँछन्।






































