सर्लाही । सर्लाहीको लालबन्दीमा समाजसेवी सन्तोष दाहालले अपाङ्गता भएका नागरिकलाई ह्विलचेयर सहयोग गरेकाछन।
दैनिक आवतजावत तथा हिँडडुलमा समस्या भोगिरहेका अपाङ्गता भएका नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले दाहालले ह्विलचेयर सहयोग गरेका हुन।
ह्विलचेयर प्राप्त भएपछि लाभग्राही नागरिकले आफूहरूको दैनिक जीवनमा सहजता थपिएको भन्दै सहयोगका लागि समाजसेवी दाहालप्रति आभार व्यक्त गरेका छन्।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपन्न तथा आवश्यकता भएका नागरिकलाई निरन्तर सहयोग गर्दै आएको दाहालको भनाइ छ। उनले समाजमा सहयोगको आवश्यकता भएका व्यक्तिहरूको पहिचान गरी आगामी दिनमा पनि सक्दो सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकाछन।
स्थानीयस्तरमा गरिएको यस्तो मानवीय सहयोगले अपाङ्गता भएका नागरिकको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






































