काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रवार बेलुका सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेका थिए ।
प्रसाईंले मागपत्र बुझाए लगत्तै गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने बताएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।






































