काठमाण्डौ  ।  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सिंहदरबार पुगेका छन् ।

गत सोमबार थुनामुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह वार्ता सुरु भएको छ । 

उनीहरुबीच गृह मन्त्रालयमा औपचारिक वार्ता प्रारम्भ भएको हो । अभियन्ता प्रसाईंको समूहसँग सरकारले यसअघि दुई चरणमा वार्ता गरिसकेको थियो ।

प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेका थिए। तर ६ मंसिरको राति बालुवाटारमा प्रसाईं समूह र सरकारबीच सहमति जुटेपछि आन्दोलन स्थगित गरिएको थियो।

यसअघि मंसिर १ गते राति प्रहरीको टोलीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो।