काठमाडौं— हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार आइतबार नख्खु कारागार पुगेर सहकारी मुद्दामा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।

लामिछानेलाई भेट्न पुगेका सुनारसँगै हालै रास्वपामा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व एआईजी विश्व पोख्रेल पनि उपस्थित रहेको स्रोतले जनाएको छ। भेटमा पछिल्लो राजनीतिक परिस्थिति र लामिछानेविरुद्ध चलिरहेको मुद्दासम्बन्धी विषयमा छलफल भएको बताइन्छ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका कारण लामिछाने अहिले नख्खु कारागारमा रहेका छन्।