मोरङ । रतुवामाई नगरपालिका–१ हटियाडाँडा नजिकै आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१–०१–००१ख ३८२५ नम्बरको ट्रकबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ।
मन्सिर २१ गते दिउँसो करिब १६:०० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्सपेक्टर कैलाश लिम्बूको कमाण्डमा खटिएको प्रहरीले शंका लागेर ट्रक रोकि जाँच गरेको थियो। जाँचका क्रममा ट्रकको डाला भित्र फल्स डाला बनाएर लुकाइ–छिपाइ राखिएको अवस्थामा ६७८ के.जी. गाँजा फेला परेको प्रहरीले जनाएको छ।
सो क्रममा ट्रक चालक समेल राई, जिल्ला धनकुटा, सहिदभूमि गाँउपालिका–२ बस्ने, र ट्रकका मालिक विक्रम विशुङ्खे, वार्ड नं–१ बस्ने लाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुलाई प्रहरीले इलाका प्रहरी कार्यालय सिजुवा पुर्याई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।






































