काठमाडौं। भारतको शिक्षा मन्त्रालयमा राजनीतिक उथलपुथलपछि ठूलो फेरबदल भएको छ। जनदबाबबीच शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकृत गरेसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयको जिम्मेवारी वरिष्ठ मन्त्री प्रह्लाद जोशीलाई सुम्पिएका छन्।राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा जोशीलाई शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिइएको हो। उनी यसअघि नै उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण तथा नवीन एवं नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

नीट प्रश्नपत्र चुहावट प्रकरणपछि चर्किएको विद्यार्थी आन्दोलन र ‘कक्रोच जनता पार्टी ९सीजेपी०’ को देशव्यापी प्रदर्शनका बीच धर्मेन्द्र प्रधानले शनिबार पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै सरकारको पहिलो कदमका रूपमा शिक्षा मन्त्रालयमा नयाँ नेतृत्व ल्याइएको हो।उता, सरकारसँग तेस्रो चरणको वार्तापछि आन्दोलनको नेतृत्व गरिरहेको सीजेपी ले आफ्ना प्रमुख मागहरू सम्बोधन भएको दाबी गर्दै आन्दोलन स्थगित गर्ने घोषणा गरेको छ। आन्दोलनका प्रतिनिधिहरूले चार सातापछि फेरि सरकारसँग शिक्षा सुधारका बाँकी एजेन्डामा छलफल गर्ने बताएका छन्।

शिक्षामन्त्रीको राजीनामा, मन्त्रालयको तत्काल नेतृत्व परिवर्तन र आन्दोलन स्थगित हुने घटनाक्रमलाई भारतको पछिल्लो राजनीतिक दबाब र शिक्षा सुधार बहसको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।