काठमाडौं । ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल ९ईशान० र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पिएमएसएल) फल सिजनको उपाधि डट्स ई(स्पोर्ट्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४ सय अमेरिकी डलर प्राप्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद्बाट राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वीकृत कार्यक्रम अनुसार देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । दशरथ रङ्गशालास्थित कभर्ड हलमा भदौ ६ र ७ गते सञ्चालन भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स एस्पोट्र्सले उपाधि हात पारेको हो ।
विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिम विक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरेका थिए । प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘रोड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन् । यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ ।
नेपालमा ई(स्पोर्ट्सलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको सफल आयोजना गरिएको संघका सचिव आशिष दाहालले जानकारी दिए ।






































