काठमाडौं— साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य गिरावट आएको छ ।
आज नेप्से परिसूचक ३ दशमलव ०२ अंकले घटेर २६०६ दशमलव ६७ को विन्दुमा पुगेको छ । सोमबार ३३१ कम्पनीका ८३ हजार २७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ रहेको छ ।
आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, आज नगदी ग्रूप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् । जसको कूल कारोबार रकम ५५ करोड ८६ लाख ६७ हजार रुपैयाँ रहेको छ ।





































