काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभाको बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन् ।

प्रतिनिधिसभाको बैठकमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गरिरहेका छन् । लामिछानेले सम्बोधन गरिरहेका बेला प्रधानमन्त्री शाह पनि संसद् बैठकमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री शाहको संसद् उपस्थितिलाई चासोका साथ हेरिएको छ । लामिछानेको सम्बोधनका क्रममा शाह संसद् बैठकमा पुगेपछि राजनीतिक वृत्तमा समेत यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

लामिछानेले आफ्नो सम्बोधनमार्फत समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा धारणा राखिरहेका छन् ।