काठमाडौं । सुनसरीमा पछिल्लो समय विकसित तनावपूर्ण अवस्थाबीच प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार देशको वर्तमान परिस्थितिबारे सरकारको धारणा सार्वजनिक गर्न सम्बोधनको तयारी अन्तिम चरणमा पुगेको छ।
सुनसरी घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति कायम गर्ने विषयलाई केन्द्रमा राखेर प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्न लागेका हुन्। सम्बोधनमार्फत सरकारको आगामी कदम, नागरिकलाई संयम अपनाउन गरिएको आग्रह तथा वर्तमान परिस्थितिबारे स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कार्यालयले सम्बोधनको समय सार्वजनिक गरिनसकेको भए पनि आजै राष्ट्रका नाममा सम्बोधन हुने तयारी भइरहेको जनाएको छ। हाल सम्बोधनको अन्तिम तयारी भइरहेको स्रोतले जनाएको छ।






































