सिरहा । सिरहामा बढ्दो तनावले हिंसात्मक रूप लिन थालेको छ। गोलबजारस्थित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेपछि जिल्लाको सुरक्षा अवस्था थप जटिल बनेको छ। बिहानदेखि सुरु भएको प्रदर्शन क्रमशः उग्र बन्दै जाँदा आगजनी र तोडफोडका घटना बढेका हुन्।

बिग्रँदो परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। तर कर्फ्यूका बीच पनि प्रदर्शन र अशान्त गतिविधि पूर्ण रूपमा रोकिएको छैन।

प्रहरीले आगजनी प्रभावित क्षेत्रमा सुरक्षा घेरा कडा पार्दै स्थिति नियन्त्रणमा लिने प्रयास जारी राखेको जनाएको छ। पछिल्ला घटनाक्रमसँगै सिरहामा सुरक्षा सतर्कता अझ बढाइएको छ भने प्रशासनले सर्वसाधारणलाई घरभित्रै बस्न र कर्फ्यू आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।