पर्सा । वीरगञ्जमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी आदेश जारी गरिएको हो।
निषेधाज्ञाअन्तर्गत वीरगञ्ज महानगरपालिकाको प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेट आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा विरोध कार्यक्रम गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
प्रशासनले सम्भावित अप्रिय घटना रोक्न र शान्ति–सुरक्षा कायम राख्न यो निर्णय गरिएको जनाएको छ। सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ।






































