चितवन— चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु भएको छ।
जोरकुशुम पार्क नजिक पौडी खेल्ने क्रममा आइतबार दिउँसो बालक असिम घर्तीलाई नदीले बगाएको थियो। उनी भरतपुर–१, आँपटारीमा बसोबास गर्दै आएकी गुल्मी घर भएकी मिरा घर्तीका छोरा हुन्।
पानीमा बगाएर अशक्त भएका असिमलाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
![नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित] नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित]](https://guptacharkhabar.com/uploads/2026/04/fb-img-1775194364405.jpg)





































