सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।
प्रारम्भिक जानकारी अनुसार उनको दाहिने तिघ्रामा गोली लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल लगिएको छ। परियार सहित २२ जना सुरक्षाकर्मी घाइते भएको जानकारी छ। जसमा ७ जना सशस्त्र प्रहरी छन्। अरु सामान्य घाइते भएकोले स्थानीय स्तरमै उपचार भइरहेको छ।
प्रदर्शनकारी तर्फ अहिलेसम्म ३ जनालाई गोली लागेको र १ जनाको मृत्यु भएको खुलेको छ। प्रहरीमाथि गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






































