जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–४, जैइतपुरमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

नेपाल प्रहरीले गस्ती गर्ने क्रममा खुला चउरमा शंकास्पद वस्तु फेला पारेपछि सोलाई सकेट बमको आशंकामा सेनालाई खबर गरिएको थियो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले सोमबार उक्त सकेट बम सुरक्षित रूपमा निष्क्रिय पारेको हो। घटनास्थलमा कुनै मानवीय क्षति भएको छैन।