सिरहा । सिरहाको गोलबजारमा जारी तनाव हिंसात्मक बन्दै जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरेकै अवस्थामा दुई पक्षबीचको झडप थप चर्किएपछि स्थिति नियन्त्रण बाहिर जाने संकेत देखिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार मृतक गणेश यादव रहेको पुष्टि भएको छ। घटनापछि गोलबजार क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
बिग्रँदै गएको अवस्था नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको छ। प्रशासनले सर्वसाधारणलाई कफ्र्यू आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम गर्न सबै सुरक्षा निकाय उच्च सतर्कतामा रहेको जनाएको छ।






































