सिरहा । सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनावको प्रभाव अब सिरहामा पनि गम्भीर बन्दै गएको छ। दुई पक्षबीच भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन् भने उनीहरूमध्ये एक जनालाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको भए पनि प्रदर्शन रोकिएको छैन। प्रदर्शनका क्रममा भीडले एक मोटरसाइकल ग्यारेजमा आगजनी गर्दा ११ वटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

आगजनी, तोडफोड र हिंसा बढ्दै गएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ। सिरहामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्भावित थप अप्रिय घटना रोक्न सुरक्षाकर्मी उच्च सतर्कतामा परिचालन भएका छन्।