समाचार

    Showing 12,191-12,200 of 19,832 items.
  • काठमाडौं महानगरको २९ औं दिवस समारोहमा बोल्दै प्रचण्डले भने महानगरले गरेका काम प्रशंसनीय

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लोसमय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू गम्भीरतापूर्वक नियालिरहेको बताएका छन् ।२९ औं काठमाडौं महानगर दिवस समारोहमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शहरको सौन्दर्य, शिक्षाको विकास, सार्वजनिक शौचालयको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन साथै रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले लिएका पहलले सरकारलाई सकारात्मक उत्प्रेरणा पैदा गरेको बताएका छन् ।‘राजधानी शहरलाई सफा, हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 189 पटक पढिएको
  • धनुषामा वालिका मृत अवस्थामा फेला

    काठमाण्डौ  । धनुषाको सबैलाबाट बुधबार देखि  हराइरहेकी बालिका मृत अवस्थामा पोखरिमा भेटिएको छ।धनुषा जिल्ला सबैला न.पा.वडा न. ०९ सतोखर बस्ने राकेश यादवको छोरी ५ वर्षकि राखि यादव मटकोर पुजा गर्न घरबाट जादा रथमा रहेकी  राखि  रथबाट अचानक हराई बेपता भएकि बालिका ई.प्र.का. सबैलाबाट खटिएको टोलि र आफन्तहरूले खोज तलासको क्रममा धनुषा  जिल्ला सबैला न.पा.वडा न. ०९ सतोखर स्थित पोखरीमा डुबेको अबस्थामा मृत फेला परेको छ।बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको छ।बालिकाको शव नग्न अवस्थामा फेला परेकोले बलात्कृत भएको हुनसक्ने प्रहरिले बताएको छ। बिहान ०९:०० बजे राखिको आमाले प्रहर

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 497 पटक पढिएको
  • सिग्देल रथीमा बढुवा भएसगै नेपाली सेनाका भावी प्रधानसेनापति

    काठमाण्डौ  ।  उपरथी अशोक सिग्देल रथीमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गरेको हो । सैनिक मुख्यालय जंगी अड्डाले वरिष्ठ उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालय समक्षा सिफारिस गरेको थियो । योसँगै सिग्देल भावी प्रधानसेनापति बन्ने करिब पक्काजस्तै भएको छ ।उमेर विवादका कारण उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएपछि वरिष्ठताका आधारमा उपरथी सिग्देलको रथीमा बढुवा भएको हो । बलाधिकृत रथी सीताराम खड्का आगामी पुसमा कार्यकाल सकाएर घर जाँदैछन् ।त्यसलगत्तै सिग्देल बलाधिकृत रथी बन्नेछन् । हालका प्रधानसेनापति प्रभुराम शर्माको ३० वर्षे कार्यकाल आगामी ०८१ साल भ

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 243 पटक पढिएको
  • इजरायलको आक्रमणमा १११ प्यालेस्टिनीको मृत्यु

    एकेन्शि । गाजा पट्टीमा बिहीबार इजरायली आक्रमणमा कम्तीमा १११ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै आक्रमणमा दर्जनौँ घाइते भएको पनि गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७५ जना घाइते र ४३ वटा शवलाई दक्षिणी गाजा पट्टीको खान युनिसस्थित नासेर अस्पतालमा पुर्‍याइएको छ ।गाजा शहरको केन्द्रमा रहेको अल-दराज छिमेकमा रहेको एउटा घरलाई लक्षित गरी इजरायलीहरूले बमबारी गर्दा २६ प्यालेस्टाइनीको मृत्यु भएको बताइएको छ । गाजा पट्टीको दक्षिणी भागमा रहेको रफाह शहरका चार वटा घरमा इजरायलले गरेको आक्रमणमा ४२ प्यालेस्टाइनीको मृत्यु भएको मन्त्रालयले जनाएको छ। इजरायली से

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 208 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । देशका केही भू-भागमा आजको मौसममा आंशिक बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मौसम बदली रहने जनाएको हो।महाशाखाका अनुसार तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। तराईका भू-भागहरूमा लागेको हुस्सु तथा कुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाको भनाइ छ। हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम सामान

    • प्रकाशित मितिः मंसिर २९, २०८०
    • 177 पटक पढिएको
  • एमाले सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा सफाइ

    काठमाडाैँ । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई हत्या अभियोगमा सफाइ मिलेको छ । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई सफाइ दिएको हो। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले प्रहरीका असई विकको हत्या मुद्दामा एमाले सांसद कोइरीलाई सफाई दिएको एमाले नेता गुरू भट्टराईले जानकारी दिएका छन ।अदातले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई भने जन्मकैदको सजाय सुनाएको छ । महोत्तरी जिल्ला अदालतकी श्रेस्तेदार नुतन झाले प्रदेश सांसद शर्मालाई जन्मकैद भएको र एमाले सांसद कोइरीले सफाइ पाएको पुष्टि गरिन । सपथ खाए पनि संसदम

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 230 पटक पढिएको
  • लोसपाका प्रदेश सांसद शर्मालाई जन्म कैद

    काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा दोषी ठहर भएका छन्।महोत्तरी क्षेत्र नम्बर ३ (१) बाट मधेश प्रदेश सभा सदस्यमा निर्वाचित शर्मालाई थमन विक हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासले शर्मालाई कर्तव्य ज्यानमा जन्मकैद र आगो लगाएर जलाएको घटनामा थप ६ महिना कैद हुने फैसला गरेको हो।यस प्रकरणमा अदालतले आगो लगाउने कार्यमा संलग्नहरूबाट विकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने पनि आदेश गरेको छ।यस्तै जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 264 पटक पढिएको
  • बालकृष्णलाई धरौटीमा छाड्न अदालतले दियो आदेश

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन्।मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाँणबारे निर्णय हुन सकेको थिएन। स्रोतका अनुसार न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन्। खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए। यता पाण्डेले भने ३० लाख धरौट

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 288 पटक पढिएको
  • एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण

    काठमाण्डौ   ।   नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण भएको छ । संकल्प यात्राका क्रममा धनकुटा पुगेका ओलीमाथि मुक्का प्रहार भएकाे हाे ।फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमण गरेका हुन् । उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए। महालक्ष्मी–५, धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 329 पटक पढिएको
  • हतियार देखाएर सहकारीका कर्मचारीबाट अज्ञात समूहले लुट्यो पाँच लाख

    काठमाडौँ । अज्ञात समूहले हतियार देखाएर सर्लाहीको हरिपुर्वामा सहकारीका कर्मचारीबाट पाँच लाख लुटपाट गरेको छ। बिहीबार बिहान हरिपुर्वा नगरपालिका-६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको हो।हरिपुर्वा नगरपालिका-५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको छ । नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यालय जाँदै गर्दा बाटैमा लुटपाट भएको सहकारीको भनाई छ ।सहकारीका अनुसार ना १५ प ९८९२ नम्बरको मोटरसाइकलमा सवार सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायलाई बाटो घेरेर अज्ञात समूहले साथमा रहेको पाँच लाख रकम लुटेर लगेका छन ।

    • प्रकाशित मितिः मंसिर २८, २०८०
    • 418 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा