काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (इभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको यो स्टेशन हालसम्म नेपालको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार हो । एक हजार केभिए क्षमताको यो चार्जिङ स्टेशनको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उदघाटन गरेका हुन् । चार्जिङ स्टेशनको उदघाटन गर्दै खाँणले विद्युतीय सवारी साधनको प्रयोग र त्यसको प्रवद्र्धनमा सहयोग पुग्ने कार्य हुनु सह्रानीय रहेको र विद्युतीय सवारी साधनहरु समयको आवश्यकत
दाङ— जिल्लामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ। रामपुर–घोराही सडकखण्ड अन्तर्गत सिस्ने खोलानजिक दुर्घटना हुँदा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो। उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए।मृत्यु हुनेमा गढवा गाउँपालिका–८ घर भई हाल घोराही उपमहानगरपालिका–१७ भैँसेमा डेरा गरी बस्ने १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक रहेका छन्।दुर्घटना बेलुका करिब ७ बजे घोराही उपमहानगरपालिका–४ स्थित सिस्ने खोलामा
चितवन— गाई र भैँसीमा बाँझोपनाको समस्या बढ्दै गएको छ । चार जिल्लामा गरिएको अध्ययनले यस्तो समस्या भएको पुष्टि गरेको हो ।गण्डकी प्रदेशको स्याङ्जा, लमजुङ, गोरखा र नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा गरिएको अध्ययनले ३६ दशमलव ८८ प्रतिशत रहेको देखाएको हो । ३८ भैँसी र एक सय २२ गाईमा गरिएको अध्ययनले पशुमा बाँझोपनाको समस्या अत्यधिक रहने गरेको अध्ययनमा सहभागी पशु चिकित्सक डा. रविन वस्ताकोटीले जानकारी दिए ।पशुमा सङ्क्रामक रोगका कारणले बाँझोपना आउने गर्दछ । यसका कारण बच्चा तुहिने, गर्भ नअडिने, बाली नखोज्नेजस्ता समस्या देखापर्ने समस्या हुने गरेका छ । पशु पाल्ने परिवार र त्यसको उपचारमा संलग्न पशु चिकित्सक
काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवाका लागि भएको भनिएको लाखौं रुपैयाँको घुस ‘डिल’ अडिओ सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका थिए।प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सोधपुछ गर्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री गुप्ता राजीनामा लिएर प्रधानमन्त्री निवास पुगेका हुन्।अडियोको फरेन्सिक परीक्षणका लागि अनुसन्धान अघि बढाइएको छ भने निष्पक्ष छानबिनका लागि अख्तियार र अन्य नियामक निकायलाई पत्राचार गरिने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ।यस घटनापछि मन्त्री गुप्ताको बर्खास्ती र अनुसन्धा
काठमाडौँ- केही दिनअघिबाट विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।उनले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले घुस प्रकरणमा जोडिएर विवादमा तानिएका थिए।
काठमाडौं – घुस सम्बन्धी एक अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको बचाउमा पूर्व उद्योगमन्त्री महेश बस्नेत उत्रिएका छन्। मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै बस्नेतले प्रविधिको युगमा चरित्र हत्या गर्न नक्कली अडियो बनाइने गरेको दाबी गरेका छन्।बस्नेतले लेखेका छन्, “प्रकरणमा मिडियामा जोडिएका खेम पुन र सुजन लामाले सार्वजनिक रूपमा अडियो नक्कली भएको र आफूहरूमाथिको आरोप षड्यन्त्रपूर्ण रहेको भन्दै खण्डन गरिसकेका छन्।” उनका अनुसार दुबै जनाले फरक फरक विज्ञप्तिमार्फत अडियोको फरेन्सिक परीक्षण गरिनुपर्ने माग राखेका छन्।बस्नेतले निष्पक्ष र
काठमाडौं— नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले सोमबार माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई पक्राउ गरेकोमा सोही दिनको साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।प्रहरीले पक्राउ परेकाहरूमा कालिकोट खाडाँचक्र नगरपालिका–३ घर भई हाल काठमाडौंको कलङ्कि बस्ने अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २८ वर्षीय सर्जन पाण्डे, अछाम पञ्चदेवल विनायक नगरपालिका-२ घर भएका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन ललितपुर जिल्ला अध्यक्ष २५ वर्षीय सक्षम बि.क., सोही जिल्ला मेल्लेख गाउँपालिका-३ घर भएका अखिल क्रान्तिकारि विद्यार्थि सङ
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङको कोराला नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माणको तयारी भइरहेको बताएका छन्।गएराति बालुवाटारमा मुस्ताङका संघीय सांसद र स्थानीय जनप्रतिनिधिहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले कोराला नाका सञ्चालनका लागि सरकारले आवश्यक कदम चालेको जानकारी दिए। उनले हालै गोसाइकुण्ड गाउँपालिका–२ मा आकस्मिक बाढीले रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाएपछि त्यस क्षेत्रको स्थलगत अवलोकन गरेर वैकल्पिक मार्ग र नाका सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि स्मरण गराए।प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा बेनीघाट–कोराला सडक निर्माण
काठमाडौं— घुस डिलसम्बन्धी अडियोमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ।मन्त्री गुप्तालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सोधपुछ गरेका थिए। तर तत्काल 'एक्सन'भने लिएका थिएनन्।प्रधानमन्त्री ओलीनिकट स्रोतका अनुसार मन्त्री गुप्तालाई आज हटाउने तयारी छ।मन्त्री गुप्ताले पदबाट आफै राजीनामा दिन सक्ने वा नदिए बर्खास्त गरिने तयारी रहेको उक्त स्रोतले बताएको छ।भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको'अडिओ सार्वजनिक भएको भएपछि मन्त्री गु
काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालको अवस्थामा सरकारलाई समर्थन दिन नसकिने बताएका छन्। सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बालुवाटारमा भएको छलफलमा कुनै ठोस सहमति नभएको उनले बताएका हुन्।यसअघि असार ९ गते जसपाले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा पर्ने अवस्था देखिएपछि प्रधानमन्त्री ओलीले देउवालाई साथमा राखेर यादवसहित जसपा नेताहरूसँग छलफल गरेका थिए।प्रतिनिधिसभामा जसपाका पाँच र राष्ट्रिय सभामा तीन सांसद छन्। जसपाले स
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.