काठमाडौं— नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले सोमबार माइतीघर मण्डलामा गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी केही प्रदर्शनकारीलाई पक्राउ गरेकोमा सोही दिनको साँझ रिहा गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।
प्रहरीले पक्राउ परेकाहरूमा कालिकोट खाडाँचक्र नगरपालिका–३ घर भई हाल काठमाडौंको कलङ्कि बस्ने अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका केन्द्रिय सदस्य २८ वर्षीय सर्जन पाण्डे, अछाम पञ्चदेवल विनायक नगरपालिका-२ घर भएका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन ललितपुर जिल्ला अध्यक्ष २५ वर्षीय सक्षम बि.क., सोही जिल्ला मेल्लेख गाउँपालिका-३ घर भएका अखिल क्रान्तिकारि विद्यार्थि सङ्गठन काठमाडौं जिल्ला सदस्य २० वर्षीय सर्जन कामी, जाजरकोट कुसे गाउँपालिका-२ घर भएका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन युवा सचिवालय केन्द्रीय सदस्य २६ वर्षीय पदम हमाल,अछाम पञ्चदेवल विनायक नगरापालिका–३ घर भई हाल काठमाडौंको कलंकी बस्ने अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष २६ वर्षीय बजिर सिंह, महोत्तरी बर्दिबास नगरपालिका घर भई अखिल क्रान्तिकारि विद्यार्थी सङ्गठन केन्द्रीय सदस्य २३ वर्षीय आयुस घिमिरे, कपिलवस्तु सिबराज नगरापलिका–१ घर भएका अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन केन्द्रीय उपाध्यक्ष २९ वर्षीय रुपा बुढा मगर, उदयपुर त्रियुगा नगरपालिका–१४ घर भएका अखिल क्रान्तिकारि विद्यार्थी सङ्गठन उदयपुर जिल्ला अध्यक्ष बस्ने २२ वर्षीया सम्झना राई, अछामको पानिगढि गाउँपालिका–६ घर भई हाल काजि कलंकी बस्ने अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन सचिवालय सदस्य २६ वर्षीया लक्ष्मी शाह, सोही जिल्लाका पञ्चदेवल विनायक नगरपालिका–२ घर भई हाल काजि कलंकी बस्ने अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठन छाम जिल्ला सदस्य २८ वर्षीया सारदा नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको ।
गिरफ्तार गरिएका कार्यकर्ताहरुलाई प्रहरी वृत्त सिंहदरवारमा राखेर साँझ रिहा गरिएको थियो ।