काठमाडौँ- केही दिनअघिबाट विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

उनले आज प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। उनले घुस प्रकरणमा जोडिएर विवादमा तानिएका थिए।