समाचार

    Showing 12,161-12,170 of 23,643 items.
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८० रूपैयाँ २७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ १७ पैसा र बिक्रीदर १५७ रूपैयाँ ८५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ , क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रूपैयाँ

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 345 पटक पढिएको
  • मुआब्जा दिलाउने सहमतिपछि जलविद्युत् आयोजना पुनःसञ्चालनमा

    खोटाङ । केपिलासगढी गाउँपालिकाका स्थानीयवासीले मुआब्जा माग गर्दै अवरुद्ध गराएको माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याइएको हो । लामो समयदेखि मुआब्जा नपाएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका स्थानीयवासीले सुङ्देल र दिप्सुङको सिमानामा रहेको रावाखोलाबाट उत्पादन गरिएको तीन मेगावाट

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 298 पटक पढिएको
  • कटहरका रुख सुकेपछि किसान चिन्तित

    काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । विगत चार वर्षदेखि कटहरका बोट सुक्न सुरु गरेको यहाँका किसानको भनाइ छ । यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताए । ‘चार वर्षदेखि कटहरका रुख सुक्न थालेपछि यहाँका किसान निकै चिन्तित देखिएका छन्, किसानहरु अहिले उपचार खोजिरहेका छन्’, उनले भने ।कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका

    • प्रकाशित मितिः चैत ६, २०८१
    • 518 पटक पढिएको
  • पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिइ प्रकाशन गरिने भित्तेपात्रो जफत गरिने

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुअघि स्वीकृति लिन आह्वान गरेको छ ।मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । समितिको स्वीकृति नलिइ पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्दा चाडपर्व, बिदालगायत विषयमा फरक पर्न जाने भएकाले त्यसो नगर्न समितिले अनुरोध गरेको हो ।समितिको स्वीकृति नलिइ प्रकाशन भएका पात्रो तथा भित्ते

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 406 पटक पढिएको
  • ‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै

    ललितपुर । यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपोभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार ४०० वर्षपहिले राजा सिद्धिनरसिंह मल्लले पाटनदरबार क्षेत्रको कृष्णमन्दिरबाट ललितपुर महानगरपालिका–१६ मा सारेको इतिहास छ । उनी भन्छन्, ‘रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । विसं २०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिङ्गिटीको छाना लगाइएको थियो । झिङ्गिटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 343 पटक पढिएको
  • पत्रकारलाई धम्क्याएको घटना प्रति महासङ्घको ध्यानाकर्षण

    काठमाडौं— पत्रकार मिलन विकलाई नेपाल लाइफ इन्स्योरेन्स मन्थलीकी अभिकर्ता कमला बस्नेत (कार्की) ले फोनबाट भौतिक कारबाहीको धम्की दिएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै धम्कीबारे ध्यानाकर्षण भएको जनाएको छ ।२०८१ चैत्र २ गते शनिबार रामेछापटाइम्स डटकममा भिडियोसहित उक्त इन्स्योरेन्सका बारेमा प्रसारण भएको समाचार सामग्रीलाई लिएर अभिकर्ता बस्नेतले महासंघ रामेछाप शाखाका कार्यसमिति सदस्य पत्रकार विकलाई अपमानपूर्वक व्यवहार गर्दै भौतिक कारबाहीको धम्की दिएकी महासंघ रामेछाप शाखाले जनाएको छ ।कुनै पनि समाचारमा गुनासो भए त्यसविरुद्ध कानुनी उपचार या प्रेस काउन्सि

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 386 पटक पढिएको
  • 'भूमि बैंक' स्थापना गर्ने सरकारको तयारी

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले 'भूमि बैंक' बनाउने प्रक्रिया फेरि थालेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा उनले भूमि बैंक बनाउने विषय विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल थालेको बताए ।उनले राम्रो काम गर्दा विरोध हुने गरेको भन्दै विरोधका लागि विरोध नगर्न आग्रह गरे । उनले छोटो बाटोबाट भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेश ल्याएको भए पनि अब ऐन नै ल्याउने तयारी गरेको बताए ।मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले काम थालिसकेको र वा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 363 पटक पढिएको
  • पोखरा बेलुन विस्फोट घटनाः छानविन समितिको प्रतिवेदनमा के छ ?

    काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ ।भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइत भएका थिए ।घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए । समितिले घटनाको विस्तृत छानविन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको ग

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 378 पटक पढिएको
  • सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस पोखरामा, छेन्दु–पोखरा सिधा उडान सुरु

    पोखरा । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि छेन्दु–पोखरा सिधा उडान सुरु गरेको छ । सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।१२८ जना चिनियाँ पर्यटक बोकेको उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आएको दुई वर्षपछि कमर्सियल चार्टर्ड उडान सुरू भएको हो ।  उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले आगामी १० हप्तास

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 264 पटक पढिएको
  • पीएन क्याम्पसको स्ववियु निर्वाचन भोलि

    काठमाडौं— पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन भोलि (बुधबार) मात्र हुने भएको छ ।मंगलबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका थियो । तर, निर्वाचन समितिले मतपत्रमा त्रुटि गरेपछि अखिल छैटौँले विरोध जनाएको थियो । त्यसपछि विद्यार्थीहरूको सर्वपक्षीय बैठकले मतपत्र सच्याउने सहमति गरेको थियो ।तर, मतपत्र छपाइको काममा ढिलाइ भएपछि मतदान सारिएको हो ।अब बुधबार बिहान ८ बजेदेखि मतादन हुने निर्वाचन समितिले जनाएको छ । 'मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उमेदवारहरू एवं विद्यार्थी मतदाताहरूलाई हार्दिक अनुरोध ग

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 507 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.