मोरङ — मोरङको मिक्लाजुङ गाउँपालिकामा सहकारीको ऋणसम्बन्धी विवादका क्रममा दुई सहकारी कर्मचारीमाथि जुत्ताको माला लगाएको आरोपमा दुर्गामाया लिम्बु र माया मगरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
घटनाको अनुसन्धानका क्रममा दुर्गामाया लिम्बुले भिडियो खिचेकी थिइन् भने माया मगरले कर्मचारीलाई जुत्ताको माला लगाएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ।
पीडित पक्षले दुर्व्यवहार, गालीगलौज र सार्वजनिक अपमानसम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएको छ। यस घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।