विदेश

    Showing 1,931-1,940 of 2,133 items.
  • मन्त्रिमण्डल विस्तार गर्दै मोदी, मन्त्रीहरूको (सूचीसहित)

    भारत(एजेन्सी) आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । मोदीले दोस्रो कार्यकालमा पहिलोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।मंगलबार चार राज्यको राज्यपाल परिर्वतन गरिएपछि मन्त्रिमण्डल विस्तारको चर्चा थप चुलिएको थियो । नयाँ मन्त्रालय ‘मिनिस्ट्री अफ कोअपरेसन’ बनाइएपछि त मन्त्रिमण्डल विस्तार हुने पक्कापक्की बनेको थियो । बुधबार दूरदर्शन न्यूजले ट्वीट गर्दै साँझ ६ बजे शपथको समय तोकिएको जानकारी दिएपछि सबै अनुमानमा विराम लाग्यो ।भारतीय मिडियाका अनुसार सत्ता समीकरणमा ध्यानमा राख्दै मन्त्रिमण्डल विस्तार गर्न लागिएको छ । हालसम्म २४ जनाको नाम फाइनल भएको दैनि

    • प्रकाशित मितिः असार २३, २०७८
    • 167 पटक पढिएको
  • यूएईको गोल्डेन भिसा पाउने डा. रविन्द्रकुमार यादव

    काठमाण्डौ / यूएईको गोल्डेन भिसा पाउने पहिलो नेपाली नागरिक डा. रविन्द्रकुमार यादव बन्न सफल भएका छन्। युएईमा आठ वर्ष देखि कार्यरत रहेका यादवले यूएईले प्रदान गर्ने सुनौलो भिसा अन्तर्गत १० वर्षे गोल्डेन भिसा मङ्गलवार पाएका हुन् ।सन् २०१३ मा यूएईको अलएनको अल नुर अस्पतालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका यादव आबुधाबीको रिम आइल्यान्डमा रहेको बुर्जिल अस्पतालमा चर्म रोग विशेषज्ञको रुपमा कार्यरत छन् । यादव भारतको कुटानियस सर्जन, भारतीय प्रसाधनिक चर्म विज्ञान सोसाइटीको आजीवन सदस्य, अमेरिकन एकेडेमी एस्थेटिक मेडिसिनको वार्षिक सदस्य र अमेरिकन एकेडेमी डर्माटोलोजीको अन्तर्राष्ट्रिय फोकलपर्सन हुन् ।

    • प्रकाशित मितिः असार २३, २०७८
    • 204 पटक पढिएको
  • बन्दुकधारीद्वारा १४० बालबालिकाको अपहरण

    बिर्तामोड(एजेन्सी) / नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले १४० जना विद्यार्थीलाई अपहरण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार देशको उत्तर–पश्चिमी क्षेत्रको काडुना शहरमा रहेको विद्यालयबाट बन्दुकधारीले विद्यार्थीलाई अपहरण गरेका हुन् । जारियाबाट ८० किलोमिटर दक्षिण–पश्चिममा रहेको काडुना शहरमा रहेको विद्यालयबाट बालबालिकाको सामूहिक अपहरणको घटना सोमबार सार्वजनिक भएको हो। फिरौतीका लागि पछिल्लो समय नाइजेरियामा विद्यालय तथा विश्वविद्यालयसहितका स्थानबाट अपहरणका घटना हुने गरेको छ। ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका हतियारधारीले विद्यालयको पर्खाल तोडेर विद्यार्थीलाई अपहरण गरेका हुन

    • प्रकाशित मितिः असार २२, २०७८
    • 453 पटक पढिएको
  • जर्मनीले हटायो प्रतिबन्ध

    एजेन्सी / कोरोना संक्रमण फैलिएसँगै जर्मनीले नेपाल सहित पाँच देशका नागरिकको यात्रामा लगाएको प्रतिबन्ध बुधवारबाट हटाउने भएको छ । नेपाल, बेलायत, पोर्चुगल, रुस र भारतका नागरिकमा लागु गरिएको प्रतिबन्ध हटाइने भएको हो। यात्रामा प्रतिबन्ध लागेका पाँच देशलाई कोरोनाको डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरियन्ट फैलिएका कारण भाइरस भेरियन्ट क्षेत्रका रूपमा वर्गीकरण गरिएको थियो ।  कोरोना विरुद्धको खोप प्राप्त गरेका नागरिक जर्मनी पुगेपछि क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । खोप नलगाएका नागरिकले १० दिनसम्म क्वारेन्टा

    • प्रकाशित मितिः असार २२, २०७८
    • 155 पटक पढिएको
  • चीनले 'वर्ल्ड पोलिटिकल पार्टी समिट' आयोजना गर्दै

    काठमाडौं / चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सयौँ वर्षको अवसरमा चीनले ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ आयोजना गर्ने भएको छ । पार्टीले  स्थापनाको एक सयौँ वर्षगाँठमा उत्सवको रुपमा मनाउने क्रममा नेपालसहित विश्वका राजनीतिक दलका नेताहरूको सम्मेलन आयोजना गर्ने भएको हो ।सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने भएका छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरूले पठाएको भिडियो सन्देश प्रसारण गरिने बताईएको छ ।सम्मेलनको कार्यक्रम नेपाली समय अनुसार मंगलबार साँझ ६ बजेपछि सुरु हुने जनाईएको छ । श्रव्यदृश्य माध्यमबाट कार्यक्रममा एमाले

    • प्रकाशित मितिः असार २१, २०७८
    • 166 पटक पढिएको
  • भारतमा कोरोना संक्रमण दर घट्दै

    काठमाडौं /  भारतमा कोरोना संक्रमण दर घट्दै गएको छ । दोस्रो लहरको संक्रमणमा ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि घट्दै गएको हो ।पछिल्लो २४ घण्टाभित्र ४३ हजार २९६ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ।पछिल्लो २४ घण्टामा ९ सय ४७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ४ लाख नाघेको छ। संक्रमितमध्ये २ करोड ६५ लाखभन्दा बढी निको भइसकेका छन् भने पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।विश्वमा कुल संक

    • प्रकाशित मितिः असार २०, २०७८
    • 208 पटक पढिएको
  • अफगानीस्तानमा २० तालिबानको मृत्यु

    काठमाण्डौ / अफगानिस्तानको बदख्शां प्रान्तमा सरकारी फौज र तालिबान लडाकुबीच भीषण लडाइँ हुदाँ २० तालिबानको मृत्यु भएको छ।लडाइँमा थप १० जना तालिबानी लडाकु र ५ जना सुरक्षाकर्मी घाइते भएका छन्।अफगानिस्तानमा रहेको गठबन्धन सेनाको क्याप्टेन अब्दुल रजाकले लडाइँमा तीन जना सैनिक मारिएको बताएका छन्।स्थानीयले तालिबानले पछिल्लो चौबीस घण्टामा तगाब, किशिम, ताशकन र सहर–ए–बुजुर्गको मुख्यालय कब्जा गरेको बताएका छन्।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 197 पटक पढिएको
  • फिलिपिन्समा सैनिक जहाज दुर्घटना

    काठमाण्डौ / पूर्वी एसियाली मुलुक फिलिपिन्समा आइतबार सैनिक जहाज दुर्घटनामा परेको छ । समाचार संस्था एएफपीका अनुसार आइतबार ८५ सैनिक बोकेको जहाज दुर्घटनामा परेको हो ।सी - १३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरण हुन खोज्दा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीहरूले जनाएका छन्।दुर्घटनामा परेपछि आगो लागेको जहाजमा सबै सैनिकहरू थिए । घटना पछि १५ जनाको उद्धार गरिएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 

    • प्रकाशित मितिः असार २०, २०७८
    • 194 पटक पढिएको
  • पन्जाबमा गोली चल्यो, चार जनाको मृत्यु

    बिर्तामोड / भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको हो ।यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

    • प्रकाशित मितिः असार २०, २०७८
    • 138 पटक पढिएको
  • चीनका राष्ट्रपति सी जिनपिङको चेतावनी

    काठमाडौँ / चीनका राष्ट्रपति सी जिनपिङले विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने चेतावनी दिएका छन्।सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा सो चेतावनी दिएका हुन् ।जिनपिङले विदेशी शक्तिले आफुलाई धम्काउन, दमन गर्न वा आफ्नो अधीनमा राख्न चिनियाँहरूले नदिने बताएका छन् ।बेइजिङ तियान आनमेन चोकमा आयोजना गरिएको समारोहमा झन्डै ७०,००० मानिसहरू उपस्थित रहेको थियो ।शतवार्षिकी समारोह मनाउने क्रममा बिहीबार बिहान सैनिक जेट विमानहरूले ‘फ्लाइ पास्ट’ गरेका थिए भने तोपको सलामी साथै देशभक्तिपूर्ण गीत

    • प्रकाशित मितिः असार १८, २०७८
    • 183 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.