काठमाण्डौ / पूर्वी एसियाली मुलुक फिलिपिन्समा आइतबार सैनिक जहाज दुर्घटनामा परेको छ । समाचार संस्था एएफपीका अनुसार आइतबार ८५ सैनिक बोकेको जहाज दुर्घटनामा परेको हो ।

सी - १३० हर्कुलस जहाज दक्षिणी सुलु प्रान्तको जोलो टापुमा अवतरण हुन खोज्दा दुर्घटनामा परेको फिलिपिन्सका अधिकारीहरूले जनाएका छन्।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परेपछि आगो लागेको जहाजमा सबै सैनिकहरू थिए । घटना पछि १५ जनाको उद्धार गरिएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।