काठमाडौँ / चीनका राष्ट्रपति सी जिनपिङले विदेशी शक्तिले उनको देशलाई धम्काउन वा नकारात्मक प्रभाव पार्न खोजेमा तिनको टाउकोमा प्रहार हुने चेतावनी दिएका छन्।
सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा सो चेतावनी दिएका हुन् ।
जिनपिङले विदेशी शक्तिले आफुलाई धम्काउन, दमन गर्न वा आफ्नो अधीनमा राख्न चिनियाँहरूले नदिने बताएका छन् ।
बेइजिङ तियान आनमेन चोकमा आयोजना गरिएको समारोहमा झन्डै ७०,००० मानिसहरू उपस्थित रहेको थियो ।
शतवार्षिकी समारोह मनाउने क्रममा बिहीबार बिहान सैनिक जेट विमानहरूले ‘फ्लाइ पास्ट’ गरेका थिए भने तोपको सलामी साथै देशभक्तिपूर्ण गीतहरू बजाइएको थियो।



































